एएफसी फुटसल च्याम्पियनसिपमा नेपालले १४ गोल खायो

भिडियो सहित हेर्नुहोस !
Advertisement
इरानमा जारी एएफसी फुटसल च्याम्पियनसिपको छनोट खेलमा नेपालले खराब नतिजा निकालेको छ। नेपाल पहिला खेलमा आइतबार उज्बेकिस्तानसँग १४-१ गोलले पराजित भएको हो।
पहिलोपटक अन्तर्राष्ट्रिय फुटसलमा सहभागिता जनाएको नेपालले उज्बेकिस्तानसँग लज्जास्पद हार खेप्यो। नेपालका लागि एकमात्र गोल सुरज राउतले गरेका थिए। समूह ‘ए’ मा रहेको नेपालले सोमबार किर्गिस्तान र मंगलबार तुर्कमिनिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
समूहका शीर्ष दुई टोली सन् २०१८ मा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिपका लागि छनोट हुनेछन्।

Related Posts: