मौसमको प्रहारपछि चिनियाँ सेना पछि हट्छ'

भिडियो सहित हेर्नुहोस !
Advertisement
भारत-चीनबीच सिक्किम छेउ डोक्लाम क्षेत्रमा तनाव कायम छ । गत महिनादेखि सिक्किम नजिकै डोक्लाममा भारतीय र चिनियाँ सैनिक आमने सामने डटेका छन् ।त्यसबेला देखि नै चीनले भारतलाई कतिपल्ट तर्साउन खोजेको छ र भारतीय सैनिक डोक्लामबाट पछि हटेपछि मात्र तनाव मत्थर हुन्छ भनेर लगातार भनिरहेको छ । हालै चीनले भारतप्रति आफूले सधैं धैर्य गर्न नसक्ने भनेको थियो । चिनियाँ सञ्चारमाध्यमले पनि भारतविरुद्ध लगातार बयानबाजी गरिरहेका छन्।
चीन सरकार र चीनका सरकारी मिडियाका तर्फबाट भारतसँग एक खालको मनोवैज्ञानिक युद्ध छेडिएको छ । चीनले पश्चिमी देशका कूटनीतिज्ञलाई बोलाएर आफ्नो पक्ष राखेको छ, त्यो चीनका तर्फबाट भारतमाथि दबाब उत्पन्न गर्ने प्रयास हो । खासमा चीनले भुटानको सीमा अतिक्रमण गरी एउटा सडक बनाउने प्रयास गर्‍यो, जसलाई रोक्नका लागि भारतको सेनाले हस्तक्षेप गर्‍यो । यसबाट आत्तिएको चीन वास्तविकता लुकाउन चाहन्छ ।
आफ्नो अतिक्रमणमाथि पर्दा हाल्न चीन लगातार भारतमाथि आरोप लगाइरहेको छ । तर विश्वका सबै देश चीनको रवैयाप्रति जानकार छन् । क्षेत्रफलको हिसाबमा चीन एसियाको धेरै ठूलो देश हो, ऊ भुटानजस्ता साना देशप्रति आक्रामक भएको छ । भुटानको जनसंख्या करिब ८ लाख छ, तर चीन यस्तो देशसँग पनि जोरी खोजीरहेको छ ।
चीन र भारतबीच तनाव अन्त्य गर्ने एउटा समाधान यो हुनसक्छ कि डोक्लामबाट चिनियाँ र भारतीय दुवै सैनिक हट्ने र त्यहाँ यथास्थिति कायम होस् ।
जस्तो चीनको भनाइ छ कि भारतीय सेना डोक्लामबाट हटेपछि मात्र यो तनावको हल हुन्छ, तर यो सम्भव छैन । त्यसैले यो सोच्नु कि चीनको सेना भुटानको सीमा हुँदै डोक्लाम पठारमा सडक बनाउँछ, यो परिदृश्य सम्भव छैन । किनभने त्यस इलाकामा चीनको मुकाबिलामा भारत भौगोलिक र सैन्य शक्तिमा फाइदाजनक स्थितिमा छ ।
यदि अहिले नभए केही समयपछि चीनको सेना डोक्लामबाट अवश्य पनि पछि हट्छ किनभने जब कडा जाडोको मौसम आउँछ तब चीन र भारतका सैनिकले त्यहाँबाट पछि हट्नुपर्छ । कैयौं वर्षदेखि चीन बिस्तारै बिस्तारै भुटानको सीमामा अतिक्रमण गरिरहेको छ । उत्तर र पश्चिमी भुटानमा चीनले पस्ने कोसिस गरिरहेको छ, तर यसअघि भारतले कहिल्यै पनि सैनिक हस्तक्षेप गरेको थिएन ।
तर यसपल्ट भारतीय सेनाले हस्तक्षेप गर्नै पर्‍यो किनभने यो भारतको जमिनको सानो टुक्रा जसलाई हामी ‘चिकन नेक' भन्छौं, त्यो हिस्सा जसले भारतलाई आफ्ना उत्तर पूर्वी राज्यसँग जोड्छ, त्यसको अगाडि भुटानको सीमामा चीनले अतिक्रमण गरेको छ । यो इलाका भारतका लागि सामरिक रुपमा महत्वपूर्ण हुन जान्छ, यसैले भारत चीनको अतिक्रमण स्वीकार गर्न सक्दैन । भारतको रवैया धेरै हदसम्म रक्षात्मक रहेको छ, प्रायः भारत रक्षात्मक मुद्रामा रहँदै आएको छ।
चीनसँग भारतको अहिलेको तनाव करिब ६ साताअघि सुरु भएको हो, त्यसबेलादेखि भारतको प्रतिक्रिया निकै परिपक्व रहेको छ, तर चीनको रवैया अहिलेसम्म आक्रामक र युद्धलाई बढावा दिने खालको छ । भारतका तर्फबाट एउटा भनाइ आएको छ, जबकि चीनको तर्फबाट दर्जनौं भनाइ आएका छन्, चाहे ती चीन सरकारका तर्फबाट हुन् वा चीनको रक्षा मन्त्रालयको तर्फबाट हेर्ने हो भने हरेक दिन चीनका तर्फबाट भारतका लागि धम्की आउँछ, तर भारतले कुनै प्रतिक्रिया जनाउँदैन । किनभने भारतको रवैया रक्षात्मक छ, जुन उसको मानसिकताको गहिराइमा बसेको छ र कहीं न कहीं यो भारतको कमजोरी साबित हुन्छ । चीनसँग मुकाबिला गर्नका लागि भारतको रक्षात्मक रवैया उसका लागि एउटा बोझ साबित हुन सक्छ, यसैले यसमा परिवर्तन हुनुपर्छ । (सैन्य एवं अन्तर्राष्ट्रिय मामिलाका विशेषज्ञ चेलानीसँग बीबीसीका संवाददाताले गरेको कुराकानीमा आधारित ।)

Related Posts: