: सिंगापुरमा जारी आइसीसी अण्डर १९ विश्वकप छनौट खेल अन्तर्गत तेस्रो खेलमा अफगानिस्तानले नेपाललाई १९१ रनको विजयी लक्ष्य दिएको छ।
टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले पुरा ओभर खेल्न दुई बल बाँकी रहदा अलआउट हुँदै १९० रन बनाएको थियो। सुरुका दुई खेलमा आक्रामक बलिङ गरेको नेपाल आजको खेलमा भने अफगानिस्तानसामु आक्रामक बन्न सकेन । दुई खेल जितेका नेपाल र अफगानिस्तानका लागि आजको खेल जसरी पनि जित्नै पर्ने दवाव छ । दुबैको समान ४ अंक भएपनि रनरेटका आधारमा अफगानिस्तान शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ ।
सिंगापुर र मलेसियासंगको खेलमा समान ५ विकेट लिएका कप्तान सन्दिप लामिछानेले अफगानिस्तानको २ विकेट झारे भने शाहल आलाम ३ विकेट लिन सफल भए । यस्तै पवन सर्राफले पनि २ विकेट लिए । बलिङ पक्ष मजबुत भएपनि ब्याटिङमा कमजोर देखिदै आएको नेपाल आज दवावमा छ ।
बिथोलिए वन्यजन्तु भाद्र १४, २०७४- बाढीले अहिलेसम्म १० गैंडा बगाएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । बगेका गैंडाको वास्तविक संख्या भने अझै यकिन नभएको निकुञ्जको भनाइ …Read More
आइतबार सार्वजनिक बिदा
गृह मन्त्रालयले यही भदौ १८ गते आइतबार इस्लाम धर्मावलम्बीको पर्व बकर ईद (इदुल जोहा) परेकाले सार्वजनिक पर्व बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले…Read More
रसुवाढी–केरुङ अब अन्तराष्ट्रिय नाका
भाद्र १४, २०७४ दक्षिण एसियाली मुलुकसँग जोड्ने महत्वपूर्ण प्रवेश मार्गको रुपमा विकास गर्ने उद्देश्यसहित चीनले रसुवागढी–केरुङ नाकालाई अन्तराष्ट्रिय ना…Read More
लगातार ओरालो लाग्यो सुनको मूल्य ….नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५६ हजार तीन सय रुपैयाँ पुगेको छ । हिजो मात्रै सुन तोलामा अघिल्लाे दिनक…Read More