भिडियो सहित हेर्नुहोस !
Advertisement
: नेक्स्ट मोडल्सको आयोजनामा हुने ‘मोडल हन्ट नेपाल २०१७'का लागि ७० प्रतियोगी छानिएका छन् । राजधानीमा आयोजित पहिलो र दोस्रो चरणको अडिसनबाट उनीहरू अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका हुन् ।
प्रशिक्षित एवं दक्ष मोडल उत्पादन गरी उनीहरूलाई व्यावसायिक बनाउने उद्देश्यले आयोजित प्रतियोगिताको यो तेस्रो संस्करण हो । युवकयुवतीमा व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर एवं नेतृत्वदायी क्षमताको विकास गरी नेपालमा अन्तर्राष्ट्रियस्तरको मोडल तयार गर्न प्रतियोगिता लाभदायक हुने आयोजक संस्थाका अध्यक्ष रवि धमलाले बताए ।