नायिका स्वेता खड्कालाई दर्शकले चलचित्र ‘कोहिनुर’ पछि पर्दामा देखेका छैनन् । ‘कोहिनुर’ रिलिज लगतै नायक श्रीकृष्ण श्रेष्ठको निधन भयो । यसपछि, पत्नी स्वेता विक्षिप्त बनिन् । केही बर्षपछि अब स्वेता चलचित्रमा र्फकदै छिन् । स्वेतालाई निर्देशक आकाश अधिकारीले ‘कान्छी’ चलचित्रमा अभिनय गराउँदैछन् । यो चलचित्रलाई स्वेता आफैले निर्माण गर्दैछिन् ।
स्वेताको जोडीको रुपमा चलचित्रमा नायक दयाहाङ राई देखिदैछन् । दयाले अफर आएका सबै चलचित्रमा काम गर्दा उनको स्टारडम निकै कमजोर बनेको छ । दया अहिले ब्रेक लिइरहेका छन् । तर, पनि दर्शकले दयालाई पत्याउन छाडेको केही महिना भैसकेको छ ।
तर, निर्देशक आकाश अधिकारी र निर्मात्री तथा नायिका स्वेता खड्का ‘कान्छी’मा दयाको स्टारडमको परिक्षण गर्ने मुडमा छन् । यो चलचित्रको छायांकन साउनको अन्तिम साताबाट सुरु हुने पक्का भएको छ । पुरुषोत्तम प्रधानले चलचित्रलाई खिच्नेछन् ।
‘कान्छी’को पूर्व तयारीमा रहेका दया र स्वेताको अनुहारमा छुट्टै प्रकारको मुस्कान देखिएको छ । यी दुइको पूर्व तयारीको मुस्कान चलचित्रको बक्स अफिसमा पनि देखियोस् ।
काठमाडौं महानगरपालिकामा एमालेको बहुमतकाठमाडौं। काठमाडौं महानगरपालिकाको प्रमुखसहित बहुमत वडामा विजयी हासिल गरेको छ। राप्रपासँग चुनावी तालमेल गरेको एमालेले उपमेयरमा भने राप्रपा उम्मेद्वार र…Read More
लुक्ला विमानस्थलमा दोहोरिइरहने दुर्घटनाप्रायः विमान दुर्घटनामा परेपछि हुने अध्ययन/अनुसन्धानमा सम्बन्धित पाइलटको ‘गल्ती’ भएको निष्कर्ष निकालेपछि सरोकारवाला निकायको जिम्मेवारी पूरा हुन्छ। तर,…Read More