ब्रिज बनेपछि मुग्लिन भएर दमौली पुग्नुभन्दा २५ किलोमिटर कम दुरीमा सेती नदीको किनारै किनार भएर दमौली पुग्न सकिन्छ

भिडियो सहित हेर्नुहोस !
Advertisement


माउने घाटमा पुल बनेपछि तनहुँ सदरमुकाम दमौली, पोखरा, बाग्लुङ र पर्वत जानका लागि न मुग्लिन पुग्नपर्छ, न त डुम्रे बजार नै ।

सडक विस्तारको काम भइरहेकाले नारायणगढ–मुग्लिन सडक खण्डको यात्रा हाल एकदमै जोखिमपूर्ण छ । पटक–पटक पहिरो खस्ने र गाडीहरु नै पुरिने भएकाले जनधनको क्षति भएको छ । जति पनि जोखिम छन्, ती स्थानहरु अधिकांश घुमाउनेभन्दा अगाडि मुग्लिन तर्फको १२ किलोमिटर क्षेत्रमा छन् । तर, अब घुमाउने घाटमा पक्की पुल बनेपछि पोखरातर्फबाट यात्रीहरुले त्यो जोखिम मोल्नुनपर्ने विश्वास गरिएको छ
त्रिशुली नदीमाथि बन्ने आर्क आकारको पुल १०५ मिटर लामो हुनेछ । ९ करोड रुपैयाँ लगानीमा आगामी ४ वर्षभित्र पुल बनाइसक्ने लक्ष्य छ । यो पुल अत्याधुनिक प्रविधिको आर्क डिजाइनमा बनाइने छ ।

ठूलो नदीमाथि बन्न लागेको यो नेपालकै पहिलो आर्क ब्रिज हुनेछ । काठमाडौंको धोबिखोला र तीनकुनेमा पनि आर्क आकारको पुल बनाउने काम अहिले जारी छ ।घुमाउने घाटमा बन्ने पुलको डिजाइन पास गरी निर्माणका लागि कन्ट्याक्टरलाई नै जिम्मा दिइसकिएको सडक डिभिजन कार्यालय तनहुँका इन्जिनियर गौतम श्रेष्ठले जानकारी दिए ।

Related Posts: