प्याज खेति गर्ने चाहाने किसानले पढ्नु होला

भिडियो सहित हेर्नुहोस !
Advertisement


प्याज खेति गर्ने चाहाने किसानले अवश्य पढ्नु होला

हावापानी:-
प्याजको वानस्पतिक बृद्धिको लागि कम तापक्रम, छोटो दिन र गानो बढ्नको लागि बढी तापक्रम र लामो दिन चाहिन्छ ।
नेपालमा तराईदेखि पहाडसम्म यसको खेती गर्न सकिन्छ ।

उपयुक्त जातहरू:-
रेड क्रियाले, पुसा रेड नासिक रेड–५३ ,वर्षातको लागि एप्तिफाण्ड डार्क रेड
बीउ छर्ने, बेर्ना रोप्ने र बाली दिने समय:-
वैशाखदेखि चैतसम्म मध्य पहाड, तराइ र भित्री मधेशमा

माटो :-
बढी उत्पादनको लागि खुकुलो, प्रशस्त प्राङ्गारिक पदार्थ भएको बलौटे दुमट माटो उपयुक्त हुन्छ ।

जग्गाको तयारी:-
दुई–तीन पटक २० देखि २५ सेमी गहिरो खनजोत गरी जमिन समथर पार्ने । प्याज खेतीको लागि माथिल्लो सतहको माटो सधैं खुकुलो राख्ने ।

बीऊ दर:-
प्रतिरोपनी ४००–५०० ग्राम (प्रति कठ्ठा २६४–३३० ग्राम) प्रति रोपनी करिब ३३.५०० (प्रति कठ्ठा २२.१००) विरुवा सार्ने ।

मलखाँद:-
रासायनिक मलको परिमाण माटोको उर्वराशक्ति अघिल्लो बाली कम्पोस्ट मलको परिमाण र वालीको जातमा भर पर्दछ ।

विरुवा सार्ने तरिका, उमेर र दुरी:-
ब्याडको साइज १ मिटर चौडाई र लम्बाई आवश्यक अनुसार र उचाई १५ देखि २० सेमी (करिब एक बित्ता) को अग्लो ड्याङ तयार पार्ने ।
वाष्णीकरण कम गर्न बेर्ना सार्नु भन्दा पहिले पातको माथिबाट एक तिहाइ भाग काटेर फाल्ने ।

बीऊ रोपेको एकदेखि डेढ महिनामा बेर्ना सार्ने ।
एउटा हारदेखि अर्को हार बीचको दूरीको फरक १५ सेमी र बोटदेखि बोट
सम्मको दूरी १० सेमी राख्ने ।बेर्ना सारेको ७ दिनभित्र बेर्ना मरेको ठाउँमा नयाँ बेर्ना सार्ने ।

गोडमेल:-
झारपात हटाएर माटो खुकुलो बनाइ राख्न कम्तीमा ३ पटक गोडमेल गर्ने

सिंचाई र निकास:-
पहिलो पटक बेर्ना रोप्ना साथ र पछि मौसम र माटोको अवस्था हेरि ५ देखि ६ पटक सिंचाई गर्ने। पानी जम्न नदिने ।

बाली संरक्षण:-
मुख्यतया प्याजमा थ्रिप्सकिरा लाग्छ र यसले प्याजको पातलाई काटेर खाने हुँदा पात सुकेर बोट मर्दछ ।
यसलाई नियन्त्रण गर्न निमयुक्त विषादी २ मिली प्रति लिटर मानप्मा घोलेर छर्ने । यस्तै बेर्ना सारेपछि २ पटक खरानी छर्ने ।

डाउनी मिल्डयु रोग लागेमा पातमा खैरो रङ्गको ढुसी देखापरि विरुवाको बृद्धि रोकिएर विरुवा पहेलो भइ मर्छ । यस रोगको नियन्त्रण गर्न २ ग्राम कपुर अक्सिक्लोराइड र म्यानकोजेव प्रतिलिटर मानप्मा घोलेर एक हप्ताको फरकमा पालैपालो ३ पटक छर्ने ।
बैजनी धब्बा लागेमा नियन्त्रण गर्ने डाउनी मिल्टयुमा जस्तै गर्ने ।

कालो पोके रोग लागेमा पातको सतहमा कालो थोप्लाहरू देखा पर्दछन् र पातबाट कालो धुलो झर्दछ ।
यो रोग नियन्त्रण गर्न एउटै जमिनमा लगातार प्याज खेती नगर्ने । रोगी बेर्नाहरू उखेलेर नष्ट गर्ने । बेभिष्टिन २ ग्राम प्रति केजीका दरले बीऊको उपचार गर्ने । यस्तै प्याजमा गानो नलाग्दै फूल फूल्ने समस्या (कोल्टिङ) पनि हुनसक्छ । यसबाट बचाउन सन्तुलन रूपमा रासायनिक मलको प्रयोग गर्ने, सिफारिस गरिएको जात लगाउने, राम्रोसंग हुर्किएको विरुवा मात्र सार्ने र सकभर पौष महिना भित्रै बेर्ना सारी सक्ने ।

Related Posts: