असार २१, २०७४- शनिबारदेखिको बाढीका कारण सप्तरी जिल्लाका विभिन्न स्थानमा भत्केको बाँधको मर्मत र पुनर्निर्माणका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । महुली नदीको बाँध भत्किएर समस्यामा परेको मयनाकरेडी र लोहजाराको भेडिया बस्तीलाई जोगाउन बुधबार दिउँसोबाट नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । यस्तै खाडो नदीको तटबन्धअन्तर्गत तोपा र लौनियामा समेत सुरक्षाकर्मीले कटान नियन्त्रणको कार्य गर्ने उनले बताए ।
बढी दूरीसम्म कटान भएका स्थानमा जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयले आवश्यक तयारी गरी नियन्त्रणको उपाय गर्ने तर बाँध नबनाउँदा बस्ती नै सखाप हुने अतिसंबेदनशील स्थानमा बुधबारबाटै सेना, सशस्त्र र नेपाल प्रहरी परिचालित हुने प्रजिअ कटुवालले जानकारी दिए । परिचालित सुरक्षाकर्मीले कटान भएको स्थानमा जालीमा बोरा भरेर नियन्त्रणको कार्य गर्नेछ ।
शनिबार घरघरमा पसेको पानी सुक्न नपाउँदै मंगलबार बिहानवाट निरन्तर वर्षा भइरहेका कारण बाढी प्रभावित क्षेत्रको जनजीवन कष्टकर भएको छ । निरन्तर वर्षा भइरहँदा फेरि खोला नदीमा बाढी आएको र प्रभावित क्षेत्रमा पस्न थालेपछि सर्वसाधारण त्रसित भएका छन् ।
राहत वितरणमा एकद्धार प्रणाली सप्तरीका विभिन्न खोलानदीमा आएको बाढीले प्रभावित क्षेत्रमा विभिन्न संघ संस्था तथा व्यक्तिले वितरण गर्ने राहतलाई व्यवस्थित गर्न एकद्धार प्रणाली लागू गर्ने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बुधबार बिहान राजविराजमा भएको बैठकले राहत वितरण गर्न आउने व्यक्ति र संघ संस्थालाई जिल्ला विपद् व्यवस्थापन समितिमा समन्वय र सम्पर्क गरी मात्र राहत वितरण गर्न आग्रह गरेको छ ।
यस्तै बाढी प्रभावितको तथ्यांक द्रूत गतिका संकलन गर्नका लागि स्थानीय तहलाई जिम्मा दिने निर्णय भएको छ । खानेपानीका लागि फिल्टर, हेण्ड पम्पलगायतका सामग्री युनिसेफसित माग गर्ने निर्णय विपद् व्वबस्थापन समितिले गरेको छ । यसै गरी विस्थापित भएका तथा प्रभावितहरुलाई प्रभावकारी राहतका लागि दातृ निकायहरुसित समन्वय र सहयोग लिने निर्णय समेत भएको छ ।
‘समाधान नेपाल आफैंले खोज्ने हो’ जेष्ठ १८, २०७४- ‘तपाईं पहिलोपटक नेपाल आउनुभएको हो ?’ धेरैको जिज्ञासा थियो भारतीय राजदूत मन्जिभसिंह पुरीलाई । सवाल कानमा पर्नेबित्तिकै उनले जवाफ फर्काइ…Read More
कमेडियन कपिल शर्मा अस्पताल भर्नाकमेडियन कपिल शर्माको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ। न्यून रक्तचापको समस्याबाट पीडित शर्माको स्वास्थ्यमा अझ बढी समस्या देखिएपछि बुधबा…Read More