बुटवल, २१ असार । सत्तारुढ काँग्रेस र माओवादीको गठबन्धनलाई तोड्दै बुटवल उपमहानगरपालिका एमालेमय बनेको छ ।
बुटवलमा काँग्रेस, माओवादी, संघीय समाजवादी र जनमुक्ति पार्टीको गठबन्धन बनेको थियो भने एमाले एक्लै भिडेको थियो । तर, गठबन्धनको घेराबन्दी तोड्दै एमालेले बाजी मारेको छ । एमालेका मेयरका उम्मेदवार शिवराज सुवेदी मेयरमा विजयी भएका छन् भने उपमेयरमै एमालेकै गोमा आचार्य विजयी भएकी छिन् । यद्यपि औपचारिक घोषणा हुन भने अझै केहीबेर लाग्नेछ ।
१९ सय ३५ मत रहेको १९ नम्बर वडाको अहिले मतगणना भइरहेको छ । तर, एमालेका शिवराज सुवेदी कांग्रेसका उम्मेदवार खेलराज पाण्डेभन्दा २५ सय ४२ मतले अगाडि छन् । त्यसैले १९ नम्बरको मतपरिणामले अब मेयर-उपमेयरमा कुनै फरक पार्दैन् ।
उपमेयरमा त झन् एमालेकी गोमा आचार्य १४ हजार मतले अगाडि छिन् । उनले २४ हजार ५१६ मत ल्याएकी छिन् । गठबन्धनका तर्फबाट माओवादी केन्द्रका जगतबहादुर पोखरेल १४ हजार १२५ मै सीमित छन् । बुटवल उपमहानगरमा कुल ४९ हजार ८ सय ९५ मत खसेको थियो । बुटवलमा काँग्रेसले मेयर उठाएको थियो भने गठबन्धन अनुसार माओवादीले उपमेयर उठाएको थियो । यसैगरी, वडामा जनमुक्ति र संघीय समाजवादीसँग तालमेल थियो । तर, यी सबै तालमेल र गठबन्धन एमालेका सामु फेल खाएका छन् । बुटवलमा सत्तागठबन्धनको लज्जास्पद हार भएको छ ।
१९ वडा रहेको बुटवलमा काँग्रेसले जम्मा २ वटा वडामात्रै जितेको छ । काँग्रेसले १३ र १८ नम्बर वडा जितेको हो । बांकी सबै बडामा प्यानलैसहित एमाले बिजयी भएको छ । बुटवल केन्द्रीत क्षेत्रमा २०५१, २०५४,२०६४,०७० मा भएका नगर, संसद, संविधान सभा जस्ता निर्वाचनहरुमा ठूलो मतान्तरमा एमाले विजयी भएको थियो ।
मोरङमा एमालेलाई धक्काविराटनगर : ०५४ सालको स्थानीय निकाय निर्वाचनमा मोरङको एक उपमहानगरसहित करिब सबै गाविसमा सानदार विजयको झन्डा फहराएको एमालेले गणतन्त्रको पहिलो स्थानीय तह …Read More
टिप्पणी : सुस्त शैलीमै देउवा असार २१, २०७४- शेरबहादुर देउवाले चौथोपल्ट प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेको बिहीबार एक महिना पुग्दैछ । तर उनले आफ्नै निजी सचिवालयसमेत बनाउन सके…Read More