Breaking_NEW..... मलेसियामा बस दुर्घटना, ८ जनाको मृत्यु , ३३ जना घाइते तप जानकरी आउन बाकी

भिडियो सहित हेर्नुहोस !
Advertisement




कार्तिक ७, २०७४-मलेसियामा कारखानामा कार्यरत कामदार बोकेको दुईवटा बस एकआपसमा ठोक्किँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । मलेसियाको पेनाङमा मंगलबार बिहान स्थानीय समयअनुसार साढे ५ बजे बस दुर्घटना भएको थियो ।


दुर्घटना मलेसियाको नर्थ साउथ एक्सप्रेस वेमा रहेको जुरु जोर्थबाउन्ड टोल प्लाजा नजिकै भएको थियो ।

न्यू स्ट्रेटस् टाइम्स ले त्यहाँको पुलिस चिफ असिस्टेन्ट कमिशनरलाई उद्धृत गर्दै बसमा इन्डोनेसियन र नेपाली कारमदार रहेको जनाएको छ । तर प्रहरीले मर्नेको नाम र देश खुलाइसकेको छैन । प्रहरीले एउटा बसको ब्रेक फेल भएर दुर्घटना भएको जनाएको छ । प्रहरीले घाइते ३३ जना मध्ये २३ जनाको अवस्था गम्भीर रहेको र बाँकी १० जना सामान्य घाइते भएको जनाएको छ ।
प्रहरीले घटनामा ४३ जना कामदार परेको बताएको छ । उनीहरु सबै महिला रहेको पनि जनाएको छ ।

Related Posts: