यसको फैसला सोमबार सर्वाेच्च अदालतले गर्दैछ । प्रचण्डले अदालतको मानहानी गरेको भन्दै सर्वोच्चमा परेको रिटमाथि सोमबार अन्तिम सुनुवाई हुन लागेको हो ।
सत्यनिरुपण आयोगको क्षेत्राधिकार सम्बन्धमा सर्वोच्चले गरेको निर्णय विरुद्ध प्रचण्डले दिएको अभिव्यक्तिले अदालतको मानहानी गरेको भन्दै रिट दायर भएको थियो ।
माओवादी घटकहरुको एक कार्यक्रममा प्रचण्डले ‘शान्ति प्रक्रियाको भावना विपरित जान अदालतलाई कसले छुट दियो ? अदालतको आदेश मान्दैनौ’ भन्ने खालको अभिव्यक्ति दिएको दावी सो रिटमा गरिएको छ ।
अदालतको आदेश विरुद्ध अभिव्यक्ति दिएको भन्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २०७३ साल जेठमा सर्वोच्चमा मुद्धा हालेका थिए ।
अदालतको मानहानीमा दोषी ठहरिएमा न्यायपरिषद् ऐन २०७३ को दफा १७ को उपदफा १ अनुसार एकबर्ष कैद र १० हजार जरिवाना हुने कानूनी व्यबस्था रहेको छ ।
सोही कानुन अनुसार प्रचण्ड दोषी ठहरिए उनलाई एक वर्षको कैद हुन सक्छ, जस्को फैसला सोमबार हुँदैछ ।
नेपालगन्जको मेयरमा राप्रपाका धवल समशेर नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले जितेको छ । पार्टीका केन्द्रीय महामन्त्रीसमेत रहेका डा. धवल समशेर राणाले न…Read More