असार २०, २०७४- टीकापुर नगरपालिकाको मेयरमा नेकपा एमालेका तपेन्द्र रावल र उपमेयरमा नेपाली कांग्रेसकी केशरी विष्ट रावल विजयी भएका छन् ।
सोमबार राति घोषणा भएको परिणाम अनुसार टीकापुर नगरपालिकामा एमालेका उम्मेदवार रावलले ५ हजार ९ सय ५९ मत पाए । उनका निकतटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका ललित थापाले ५ हजार ६ सय १० मत पाए ।
मेयरका अन्य उम्मेदवारहरुमा नेपाली कांग्रेसका जंगबहादुर साउँदले ५ हजार ५ सय २५ मत र फोरम लोकतान्त्रिकका लौटन चौधरीले ५ हजार ४ सय ८१ मत पाए ।
उपमेयरमा नेपाली कांग्रेसका केशरी विष्ट रावलले ६ हजार २ सय २६ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका आशाकुमारी चौधरीले ५ हजार ५ सय ५३ मत पाइन् ।
यसैगरी फोरम लोकतान्त्रिककी उम्मेदवार सुदेशनी चौधरीले ५ हजार १ सय १८ र एमालेकी कमला केसीले ५ हजार ३८ मत पाइन् ।
यौन समस्यामा तुलसीको प्रयोगआयुर्वेदमा तुलसीको प्रयोग र गुणलाई महत्व दिइएको पाइन्छ । प्राचीन चिकित्सा वैज्ञानिक महर्षि चरकले चरक संहितामा तुलसीको रोगनाशक गुणको बारेमा उल्लेख गरेक…Read More
यसरी बढाउनुहोस् पाचन क्षमताहामीले जे जति खानेकुरा खान्छौ, त्यसबाट शरीरले उर्जा प्राप्त गर्छ । यसरी खानालाई उर्जामा बदल्ने जुन प्रक्रिया हुन्छ, त्यसलाई मोटाबोलिज्म भनिन्छ । व्यक्…Read More