आधुनिक दाम्पत्य जीवन विभिन्न प्रकारका परिवर्तन तथा कठिनाइहरुले भरिएको हुन्छ । पुराना परम्पराहरुलाई त्यागेर नवजीवनतर्फ अग्रसर भइरहेको दाम्पत्य जीवन एक विचित्र पकारको भ्रान्तीसँग जुझिरहेको छ । जहाँ पति तथा पत्नीले एक अर्कालाई प्रसन्न राख्न सकिरहेका छैनन् । परस्पर प्रेमलाई कसरी बढाउने भनेर पति तथा पत्नीहरुमा अन्यौलता छ ।
आधुनिक उपकरण तथा जीवन शैलीले केही हदसम्म जीवनलाई सरल बनाइदिएको छ । तर आपसी प्रेम, समझदारी तथा समर्पणलाई बढाउन अधुनिक साधन कहिल्यै पनि लाभदायक हुन सक्दैनन् ।
त्यसोभए पति पत्नीबीचको सम्बन्धलाई प्रगाढ बनाउन के गर्न सकिन्छ ? के गरेर दाम्पत्य जीवन सफल हुन सक्ला ? पक्कै पनि एकदोस्रोको आवश्यकतालाई बुझेर त्यहीअनुसारको व्यवहार प्रदर्शन गर्न सकियो भने दाम्पत्य जीवन सुखमय हुन सक्छ ।
यस आलेखमा पत्नीले आफ्नो पतिसँग राख्ने अपेक्षाहरु उल्लेख गरिएका छन् । पति पत्नीका यी आकांक्षाहरुलाई बुझेर त्यहीअनुसारको व्यवहार प्रदर्शन गर्न सक्ने हो भने दाम्पत्य जीवन सुखमय हुन सक्छ ।
प्रसंशा गर्नुहोस्
के कहिल्यै नोटिस गर्नुभएको छ, तपाईकी पत्नी मेकअप गरेर या नयाँ लुगा लगाएर पटक पटक ऐनामा हेर्ने गर्छिन ? यदी त्यसो हो भने उनको चाहना हुन्छ कि तपाई उनको प्रसंशा गर्नुहोस् । उनले गरेको मेकअप तथा लगाएका लुगाहरु राम्रो नदेखिए पनि सकरात्मक प्रतिक्रिया दिनुहोस् । यदि त्यसो गर्नुभएन भने उनको चित्त दुख्छ ।
केयर गर्नुहोस्
पत्नी बिमारी भएको बेला के तपाई उनको सामुन्ने बसेर हालचाल सोध्ने गर्नुहुन्छ ? के तपाईले कहिल्यै चिया बनाएर आफ्नी पत्नीलाई खुवाउनुभएको छ ? सायद छैन ! धेरैजसो पुरुषहरु यस मामलामा लापरवाह हुन्छन् । उनीहरु जान्दैनन् की उनकी अर्धाङ्गिनी यही चाहन्छिन् । पतिको केयरिंग नेचर पत्नीलाई धेरै राम्रो लाग्छ । पतिको सानो सानो पहलले पनि पत्नीहरुलाई धेरै खुसी बनाउँछ । यदि तपाई पनि आफ्नी पत्नीलाई खुसी देख्न चाहनुहुन्छ भने उनलाई केयर गर्नुहोस् ।
विगत जान्ने इच्छा
तपाई मान्नुहोस् या नमान्नुहोस् हरेक पत्नी आफ्नो पतिसँग जोडिएको हरेक कुराहरु जान्न चाहन्छिन्, चाहे त्यो वर्तमानसँग जोडिएको होस् या विगतसँग । यदि कहिल्यै पतिले मजाकमै भएपनि आफ्नी एक्स गर्लफ्रेण्ड बारे बताइदिए भने पत्नीहरु सबैकुरा जान्न लालायित हुन्छन् । यस्तो अवस्थामा पतिले पत्नीसँग केही कुरा पनि लुकाउन राम्रो हुँदैन । यदि पत्नी तपाईसँग जोडिएको केही कुरा जान्न चाहन्छिन् भने बिना हिच्किचाहट उनलाई सबैकुरा बताइदिनुहोस् ।
सरकारले भोलि सार्वजनिक विदा दिएको छ ।सरकारले भोलि सार्वजनिक विदा दिएको छ ।मुस्लिम धर्मावलम्बीहरुको पर्व ईदको अवसरमार भोलि सोमबार सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।…Read More