बाबु पहिचान नभएको सन्तानले पनि आमाको पहिचान बोकेर सम्मानसाथ समाजमा बाँच्ने अधिकार संविधानले दिएको छ । ‘जुनकिरी’ नाटकले यतातिर पनि बहस गर्न खोजेको देखिन्छ ।

भिडियो सहित हेर्नुहोस !
Advertisement


रंगमञ्च उनका लागि नौलो होइन । उनी बाल्यकालदेखि नै यो क्षेत्रसित नजिक छिन् । १४ वर्षको उमेरमै पहिलो एकल नाटक ‘पुतली’ मञ्चन गरेकी नानीले ‘बेचिएकी चेली’, ‘विद्रोह’, ‘अ ब्युटिफुल वुमन’ मञ्चन गरिसकेकी छन् । नेपाली समाजकै पीडित नारी पात्र र मनोविज्ञान समातेर तयार पारेको ‘जुनकिरी’ लाई उनले सर्वनाम थिएटरमा गतवर्ष पनि मञ्चनमा ल्याएकी थिइन् । यसपटक सामाजिक उद्देश्यसहित जोडेर उनले हेटौंडाबाट मञ्चन थालेकी हुन् । अघिल्लो साता हेटौंडामा केही दिन मञ्चन भएको नाटक यतिबेला नाचघरमा दिनमा दुई सो भइरहेको छ । सिन्धुपाल्चोकमा निर्माणाधीन नमुना माझी बस्तीका लागि श्वेता–श्री फाउन्डेसनलाई सघाउन नानी लागिपरेकी हुन् ।

झन्डै डेढ घण्टा लामो नाटकमा नानीले आफ्नो सम्पूर्ण अभिनय क्षमता दर्साएकी छन् । नाटक गर्भवती महिलाको रहस्यमय कथाबाट सुरु हुन्छ । गाउँकी जुनकिरी नाम गरेकी युवती । उनी पवित्र जलजस्तै स्वच्छ छिन् । तर, जब ससाना सपना बोकेर सहर पस्छिन्, यसपछि उनको जीवनमा आउने उतारचढाव निकै करुणायम लाग्छ । एकल आमाप्रति समाजले राख्ने दृष्टिकोण, त्यस्ता आमाले भोग्नुपर्ने खराब दिनहरू नाटकमा मनछुने गरी प्रस्तुत छ । उनले यो नाटकमार्फत एकल आमाले समाजमा इज्जतका सात बच्चा हुर्काउन पाउने अधिकारको वकालतसमेत गरेकी छन् । बाबु पहिचान नभएको सन्तानले पनि आमाको पहिचान बोकेर सम्मानसाथ समाजमा बाँच्ने अधिकार संविधानले दिएको छ । नाटकले यतातिर पनि बहस गर्न खोजेको देखिन्छ ।

जुनकिरी पात्रलाई भने समाजका पीडित नारी समुदायको प्रतीकको रूपमा प्रस्तुत गरिएको छ नाटकमा । अनेक रुमानी सपना बोकेर सहर पस्ने ग्रामीण युवतीहरू कसरी देह–व्यापारसम्म पुग्छन् र त्यसको परिणति कस्तो हुन्छ भन्ने पाटो पनि नाटकमा हेर्न सकिन्छ । एकल आमाको संघर्ष, बहादुरी र चुनौतीपूर्ण दृश्य पस्किन खोजे पनि नाटकको प्रस्तुति भने चाहेजस्तो गम्भीर बन्न सकेको छैन । दृश्यलाई सहज बनाउन र अझ स्पष्ट पार्न प्रयोग गरिएको ध्वनि प्रशंसायोग्य लाग्छ । केही दृश्यहरू भने अनावश्यक लम्ब्याइएकोझैं भान

Related Posts: