भाद्र ३०, २०७४-असोज २ गते हुने चुनावको लागि मतदान केन्द्रमा कर्मचारी व्यवस्थापन भद्रगोल देखिएको छ । व्यवस्थापन गर्न धौंधौं परिरहेको छ । २ उपमहानगर, पाँच नगरपालिका र ९ गाउँपालिकामा १ सय ६७ वडामा ४ सय ५८ मतदान केन्द्रको लागि झन्डै तीन हजार कर्मचारीको व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । कतिपय मतदान केन्द्रमा सरुवा भएका कर्मचारी, श्रेणी भएकालाई श्रेणी विहिन, अवकाश प्राप्त कर्मचारीको पनि मतदान केन्द्रमा खटाइने कर्मचारीको सुचीमा नाम पर्न गएकोले भद्रगोल भएको मुख्य निर्वाचन अधिकृत कार्यालयका एक कर्मचारीले बताए । उनका अनुसार जिल्लाका कतिपय अधिकारीहरुले आफ्ना नजिकका श्रेणी विहिन कर्मचारीलाईसमेत सहायक मतदान अधिकृत र सहायक मतदान अधिकृत र योग्यलाई श्रेणी विहिन (पियन) को सुचीमा पारिएकाले कर्मचारी भित्र तीब्र असन्तुष्टि बढेको छ । ‘जिल्लाका उच्च अधिकारीहरुले आफ्ना चालक, भान्छे र पियनलाईसमेत सहायक मतदान अधिकृत पदमा राख्न लगाएकोले मिलाउन समस्या भएको छ,’ प्रमुख निर्वाचन अधिकृत रितेन्द्र थापाले भने, ‘त्यस्ता समस्या थुप्रै भएकाले व्यवस्थापनमा झन्झट भएको छ । व्यवस्थापन गर्दागर्दै चार दिनदेखि कर्मचारी सुत्न र आरामा गर्न गर्न नपाएको उनले बताए । ‘रातभर जाग्राम बसेर काम गरिए पनि तनाव छ,’ उनले भने जिल्लााभरिका ३ लाख ३४ हजार ७ सय ४६ मतदाताका लागि मतपत्रसहित निर्वाचन सामाग्री शुक्रवार मतदान केन्द्र पुर्याइएको छ । मतदान अधिकृतहरु स्वयम् बुझेर दिनभर मतपत्र, बक्स, स्वस्तिक चिन्हलगायतका सामाग्री ओसारपसारमा गर्न व्यस्त रहे । यसैबीच प्रत्येक मतदान केन्द्रमा शुक्रवार मतदाता परिचय पत्र वितरण गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सुचना अधिकारी राजकुमार आचार्यले बताए । चुनावका लागि गाउँगाउँ सेना र प्रहरीका जवानहरु पुगेका छन् । स्वच्छ र भयरहित निर्वाचन गराउन खुला सिमानामा कडा सुरक्षा निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी वीजयनारायण मनान्धरले बताए । उम्मेदवार, मतदान केन्द्र र निर्वाचन सामाग्रीको सुरक्षाको लागि निगरानी बढाइएको उनले बताए । उता जिल्लामा मदिरा विक्रीवितरण नगर्न सार्वजनिक सुचना र माइकिङ गरी स्थानीय प्रशासनले रोक लगाएको छ ।
मोरङमा एमालेलाई धक्काविराटनगर : ०५४ सालको स्थानीय निकाय निर्वाचनमा मोरङको एक उपमहानगरसहित करिब सबै गाविसमा सानदार विजयको झन्डा फहराएको एमालेले गणतन्त्रको पहिलो स्थानीय तह …Read More
टिप्पणी : सुस्त शैलीमै देउवा असार २१, २०७४- शेरबहादुर देउवाले चौथोपल्ट प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेको बिहीबार एक महिना पुग्दैछ । तर उनले आफ्नै निजी सचिवालयसमेत बनाउन सके…Read More