अमेरिकाले नेपाललाई करिव ५० अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यक्रममार्फत नेपाललाई ५० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको हो ।

भिडियो सहित हेर्नुहोस !
Advertisement


अमेरिकाले नेपाललाई करिव ५० अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यक्रममार्फत नेपाललाई ५० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको हो ।

अमेरिकी विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालको तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीको तर्फबाट जोनाथन नाथले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यो सम्झौता अनुसार कुल ६३ करोड डलरको कोष हुनेछ, जसमा नेपाल सरकारले १३ करोड डलरको योगदान हुनेछ भने अमेरिकी सरकारको ५० करोड डलर सहयोग हुनेछ ।

यो रकममार्फत नेपालको सडक सुधार र विद्युत् विकासका लागि एक एकीकृत योजना बनाइनेछ ।

अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) अन्तर्गत नेपाल यो सुविधा पाउने दक्षिण एशियाली क्षेत्रको एक मात्र देश हो । सहयोग रकमबाट करिब ३ सय किलोमिटर लामो हाई भोल्टेज विद्युत् लाइन निर्माण गरिनेछ ।

Related Posts: