उत्तर कोरियाले अन्तर महादेशीय ब्यालेष्टिक क्षेप्याष्त्रको परीक्षण सफल भएको पुष्टि गरेको छ । पछिल्लो समय परीक्षण गरिएको मिसाईल अमेरिकासम्म मार हान्न सक्ने क्षमताको रहेको उत्तर कोरियाली नेता किम जोङ उनलाई उद्यृत गर्दै बीबीसीले उल्लेख गरेको छ । सो मिसाईल परीक्षण अमेरिकाका लागि कडा चेतावनी समेत भएको विश्लेषण गरिएको छ । महादेशीय ब्यालेष्टिक क्षेप्याष्त्र परीक्षण गरेको तिन सातापछि उत्तर कोरियाले आज पुन: अर्को शक्तिशाली मिसाईल परीक्षण गरेको हो ।
मिसाईल परीक्षणको निन्दा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले खतरनाक कदम चालेको बताउनुभएको छ । ४७ मिनेटसम्म आकाशमा उडेको क्षेप्याष्त्र ३ हजार ७ सय २४ किलोमिटर सम्मको उचाईमा पुगेको उत्तरले दावी गरेको छ । सो मिसाईल सि अफ जापानमा खसेको जापानी सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१७ मा मात्रै उत्तर कोरियाले गरेको १४ औं मिसाईल परीक्षण हो । संयुक्त राष्ट्रसंघको प्रतिबन्धका बाबजुद उत्तरले गरिरहेको परीक्षणका कारण कोरियाली प्रायद्धिपमा तनाव बढेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।