उनलाई आफ्नो क्लब भित्र्याउन पिएसजीले १ सय ९७ मिलियन पाउण्ड खर्चने भएको छ ।

भिडियो सहित हेर्नुहोस !
Advertisement
बार्सिलोनाका चर्चित ब्रजिलियन स्टाईकर नेयमारले यसै साता क्लब छाड्ने भएका छन् । बार्साबाट उत्कृष्ट प्रर्दशन गर्दै आएका २५ बर्षिय नेयमार किर्तिमानी मुल्यमा ५ बर्षका लागि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन जान लागेका हुुन् । उनलाई आफ्नो क्लब भित्र्याउन पिएसजीले १ सय ९७ मिलियन पाउण्ड खर्चने भएको छ । तर नेयमार र क्लबबीच भने औपचारिक सम्झौता हुन बाँकी रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । उत्कृष्ट खेलाडीलाई क्लब भित्र्याउने अभियानमा रहेको पिएसजीले अन्य चर्चित खेलाडि पनि क्लबमा अनुबन्धन गर्ने तयारी गरेको छ । उता टोलीका महत्वपुर्ण सदस्य नेयमारले क्लब छाड्ने तयारी गरेपछि बार्साले उनको स्थान लिने खेलाडिको खोजी सु्रु गरेको छ । बार्साले लिभरपुलका फिलिप कोटिन्हो, चेल्सीका ईडन हाजार्ड र टटनह्यामका डेल अलीलाई नेयमारको स्थान लिने खेलाडिको रुपमा सुचीमा राखेको छ । यद्यपी यी मध्ये कसलाई टोलीमा भित्र्याउने भन्ने बारे क्लबले कुनै निर्णय लिन नसकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


Related Posts: