महानगरको मत गन्न राजधानीबाट टोली

भिडियो सहित हेर्नुहोस !
Advertisement


असार १९, २०७४- विराटनगर महानगरको मत गणनाका लागि राजधानीबाट कर्मचारीको टोली पुगेको छ । दिनरात ५ दिन मत गणना गर्दासमेत १४ हजारको हाराहारीमा मात्र गणना भएपछि काठमाडौंबाट टोली पुगेको हो । सोमबार दिउँसो आएको ९ जनाको टोलीले गणना पनि सुरु गरिसकेको निर्वाचन आयोगले जनाएको छ ।

गणना ज्यादै सुस्त भएको गुनासो आएपछि टोली बोलाइएको हो । ‘यहाँका कर्मचारीले धेरै ढिलो गरी गणना गरे,’ मोरङका प्रजिअ यज्ञराज कोइरालाले भने, ‘यहाँको एउटा टोलीले दिनभरमा ३ सयदेखि ४ सय गणना गर्दो रहेछ । काठमाडौंबाट आएको एउटा टोलीले दिनमा हजारदेखि १२ सयसम्म गणना गर्दो रहेछ । आशा गरौं अब चाँडो हुन्छ ।’

Related Posts: