विराटनगरमा भीम १६६६ मतले अगाडि

भिडियो सहित हेर्नुहोस !
Advertisement


विराटनगर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका भीम पराजुलीले अग्रता बढाउँदै लगेका छन्।

पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार कांग्रेस उम्मेदवार पराजुलीले एमाले उम्मेदवार बिनोद ढकालभन्दा १६६६ मत बढी ल्याएका छन्।

पराजुलीले ५६९३ मत पाएका छन् भने एमालेका ढकालले ४०२७ मत पाएका छन्।

समाजवादी फोरम नेपालका उमेश यादवले ३४४८ मत ल्याई ढकाललाई पछ्याइरहेका छन्।

उपमेयरमा कांग्रेसकी इन्दिरा कार्कीले ५९५३ मत ल्याएकी छन्।

एमालेसँग तालमेल गरेको लोकतान्त्रिक फोरमकी सूची चौधरीले २२३० मत पाएकी छन् भने संघीय समाजवादी फोरमसँग सहकार्य गरेको माओवादी केन्द्रकी नमिता न्यौपानेले २४६६ मत ल्याएकी छिन् ।

Related Posts: