पूर्वाञ्चलकै प्रमुख धार्मिक पर्यटकीय स्थल धरानस्थित पिण्डेश्वर बाबाधाममा बोलबमको तयारी लगभग पूरा भएको छ । साउनको सोमबार सुनसरीको चतराबाट जल लिएर धरानको पिण्डेश्वरमा आउने भक्तजनको सहजताका लागि विगतका वर्षहरूमा झैँ यो वर्ष पनि व्यवस्थापन चुस्त बनाइएको छ । साउनका प्रत्येक सोमबार पिण्डेश्वर मन्दिर क्षेत्रमा गेरुवस्त्रधारी श्रद्धालुहरूको भीड लाग्ने गरेको छ । श्रद्धालुहरू सुनसरीको चतरास्थित सप्तकोसी नदीबाट जल लिएर १६ किलोमिटर खाली खुट्टा हिँड्दै पिण्डेश्वर मन्दिरमा ल्याई चढाउँछन्, जसमा अधिकांश युवायुवतीको जमघट देखिन्छ । कतिपय युवती असल पति तथा युवाहरू राम्री श्रीमतीको कामना गरी बोलबम आउँछन् । पहेलो वस्त्र अर्थात् गेरु वस्त्र धारण गरी सप्तकोसी नदीको जल ल्याएर पिण्डेश्वर बाबाको मन्दिरमा चढाउँदा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । यो बोलबम धार्मिक मेलामा नेपालका विभिन्न ठाउँलगायत भारतको विहार, पaश्चिम बंगाल, दार्जीलिङ, खर्साङ, सिक्किम तथा भुटानका भक्तजनको भीड लाग्छ । समुद्र मन्थन गर्दा अमृतसँगै निस्किएको नौनीको मुख्य पिण्ड नै धरानको विजयपुर रुद्रक्षरण्य क्षेत्र पिण्डेश्वर बाबाधाम हो भन्ने कुरा हिन्दू धर्मग्रन्थहरूमा उल्लेख छ ।
त्यसैले पनि पिण्डेश्वर बाबाधामप्रति हिन्दू धर्मावलम्बीहरूमा ठूलो विश्वास छ । पिण्डेश्वर बाबाधाम समितिले धर्मावलम्बीहरूलाई सहज तरिकाले दर्शन गर्न तथा जल चढाउन विभिन्न व्यवस्था मिलाउँदै आएको छ । बोलबम धार्मिक मेलाले धरानको धार्मिक पर्यटन प्रवद्र्धनमा समेत निकै ठूलो भूमिका खेल्दै आएको छ ।
सरकारले भोलि सार्वजनिक विदा दिएको छ ।सरकारले भोलि सार्वजनिक विदा दिएको छ ।मुस्लिम धर्मावलम्बीहरुको पर्व ईदको अवसरमार भोलि सोमबार सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।…Read More