श्रावण १०, २०७४- चेल्सीले ब्राजिली खेलाडी केनेडीले सामाजिक सन्जालमा आइतबार गरेको टिप्पणीलाई लिएर चीनसँग क्षमायाचना गरेको छ । प्रिमियर लिग विजेताको प्रि–सिजन भ्रमणका क्रममा आएको यस्तो अभिव्यक्तिले चीनको अपमान भएको चेल्सीले स्वीकारेको छ । चेल्सीका अनुसार २१ वर्षीय खेलाडी केनेडीलाई कडा ढंगले चेतावनी दिएर अनुशासनबारे सचेत गराइएको छ । केनेडीले गरेको इन्स्ट्राग्राम पोस्ट तत्काल हटाइएको थियो । केनेडीले एक चिनियाँ सुरक्षागार्डको खिल्ली उडाएर पोस्ट गरेका थिए । ‘उनले तुरुन्त सन्देश मेटेर माफी मागे पनि । क्लबले चिनियाँ सोसल मिडियामार्फत क्षमा मागे पनि जुन नोक्सानी हुने हो त्यो भइसक्यो,’ लन्डन क्लबले भनेको छ, ‘चेल्सी फुटबल क्लब फेरि एक पटक गम्भीर ढंगले माफी माग्न चाहन्छ ।’ ‘केनेडीले यो गल्तीबाट सिक्ने छन् । उनको यो व्यहारले पूरै टिमलाई प्रतिनिधित्व गर्दैन र क्लवको आशाअनुरुप पनि छैन,’ चेल्सीले वक्तव्यमा उल्लेख गरेको छ । चेल्सीले शनिबार आर्सनललाई बेइजिङमा ३–० ले हराएको खेलअघि केनेडीले त्यस्तो पोस्ट गरेका थिए
माइग्रेन के हो ? कसरी जोगिने ?माइग्रेन एक प्रकारको टाउको दुख्ने रोग हो, जुन समय–समयमा दोहोरिरहन्छ । यस्तो पीडा प्राय: टाउकाको एक भागमा हुन्छ । टाउकोमा च्वास्स–च्वास्स घोचेजस्तो गरे…Read More
कालीगण्डकीमा स्टिमर सेवा सुचारु
कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणको क्रममा बनेको जलाशयमा वर्षाका कारण अवरुद्ध बनेको जलयातायात (स्टिमर सेवा) सुचारु भएको छ ।
नदीमा पानीको बहाव…Read More