केन्द्रीय समिति ५१ सदस्यीय रहने गरी दुई पार्टीबाट ५० र ५० प्रतिशतको हिसाबले प्रतिनिधित्व रहने भएको छ । अहिले विवेकशीलको ३५ र साझाको २२ सदस्यीय केन्द्रीय समिति रहेको छ ।

भिडियो सहित हेर्नुहोस !
Advertisement

श्रावण १०, २०७४ विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण हुने भएको छ । राजधानीमा भोली पत्रकार सम्मेलन गरी दुई पार्टीबीच एकता घोषणा गरिने विवेकशील पार्टीका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो । एकता पछि एकीकृत पार्टीको नाम ’विवेकशील साझा पार्टी’ प्रस्ताव गरिएको छ । एकतापछि सामूहिक नेतृत्वमा पार्टी सञ्चालन हुने प्रवक्ता पौडेलले बताउनुभयो । पार्टी सञ्चालनका लागि केन्द्रीय संयोजन समिति बनाउने, अहिले साझा पार्टीमा अध्यक्ष रहेका रवीन्द्र मिश्र र विवेकशील नेपालीका अध्यक्ष उज्वल थापालाई सहसंयोजकको जिम्मेवारी दिने गरी छलफल भइरहेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । केन्द्रीय समिति ५१ सदस्यीय रहने गरी दुई पार्टीबाट ५० र ५० प्रतिशतको हिसाबले प्रतिनिधित्व रहने भएको छ । अहिले विवेकशीलको ३५ र साझाको २२ सदस्यीय केन्द्रीय समिति रहेको छ । उहाँले १ वर्षभित्रमा एकता महाधिवेशन गर्ने गरी छलफल भइरहको जानकारी दिनुभयो ।

Related Posts: