गाउँनिकाला भएकी ११ वर्षीया गर्भवती न्याय खोज्दै भोजपुर सदरमुकाममा...

भिडियो सहित हेर्नुहोस !
Advertisement


श्रावण ३, २०७४- गोरी अनि हिस्सी परेकी । अरुण गाउँपालिका–५, याकुकी रमला (नाम परिवर्तन), वर्ष ११ । बालखै उमेरमा गएको पुस ९ गते पहिलोपटक महिनावारी भइन् । सोही महिनाको एक बिहान खाना पकाउँदै थिइन् । आमाबुबा मेलापात गएका थिए ।


३ वर्षका भाइ पनि बाहिर खेल्न गएका थिए । घरमा एक्लै भएको मौका छोपेर छिमेकी २० वर्षीय दुर्गाबहादुर श्रेष्ठले उनको कुमारीत्व लुटे । ‘म घरमा एक्लै खाना पकाउँदै थिएँ, ऊ आयो, मलाई नजिकैको खाटमा तानेर लग्यो, मुख थुन्यो, जबर्जस्ती गर्‍यो,’ रमलाले भनिन्, ‘कसैलाई भनिस् भने कुट्छु, पिट्छु, तेरो आमालाई नै मार्दिन सक्छु भनेर धम्कायो, डरले कसैलाई भन्नै सकिनँ ।’ आफुलाई दुर्व्यवहार गरेको भन्नेबारे रमलालाई थाहै थिएन ।

Related Posts: