भिडियो सहित हेर्नुहोस !
Advertisement
काभ्रेकी बिन्दु थापासँग कलाकार हरिवंशका कान्छा छोरा मोहितवंश आचार्यको बिहे भएको छ। उनीहरुको मागी बिहे हो ।
९ महिना अगाडी इन्गेजमेन्ट गरेका मोहितले अमेरिकामा रहेका दाई भाउजु लगायतका आफन्तको आगमन पश्चात बिहे गरेको पारिवारिक स्रोतले जनाएको छ ।

काभ्रे धुलिखेलकी थापासँग मोहितबिच शनिबार धुलिखेलमा भएको हो। दुवै पक्षलाई चिन्ने आफन्तको सहयोगमा मोहित र विन्दुबीच बिहे भएको हो।
वैवाहिक समारोहमा कलाकारहरुको उपस्थिति पनि रहेको थियो। कलाकारितमा पनि सक्रिय मोहित ब्यबसायी हुन् भने विन्दु डेन्टल विषय लिएर पढिरहेकी छन्। मोहितको तर्फबाट सोमबार भोज राखिएको छ।