वेल्डाडी गाउँपालिकामा एमालेको वर्चश्ववटा वडामा प्यानलले विजयी हासिल गरेको छ ।

भिडियो सहित हेर्नुहोस !
Advertisement
हेन्द्रनगर : कञ्चनपुरको वेल्डाडी गाउँपालिकामा नेकपा एमालेले वर्चश्व कायम गरेको छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष सहित ४ वटा वडामा प्यानलले विजयी हासिल गरेको छ । ५ वडा रहेको वेल्डाडी गाउँपालिकाको ३ नम्बर वडा मात्रै नेपाली कांग्रेसले जित हासिल गरेको छ । उक्त वडा नेपाली कांग्रेसले प्यानल सहित विजयी गरेको हो । नेकपा माओवादी केन्द्रकी उम्मेदवार वडा नम्बर १ बाट महिला सदस्यमा निर्वाचित हुनुभएको छ । वेल्डाडी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार धनवहादुर थापा क्षेत्री अध्यक्षमा निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा पनि नेकपा एमालेका उम्मेद्वार कमला कार्की निर्वाचित हुनुभएको छ । नेकपा एमालेले गाउँपालिकाको वडा नम्बर १, २, ४ र ५ प्यानल विजयी भएको हो ।
कांग्रेस ३ नम्बर वडामा प्यानल विजयी भएको हो । अध्यक्षमा निर्वाचित नेकपा एमालेका उम्मेद्वार धनबहादुर थापाले ३ हजार २ सय १५ मत प्राप्त गर्नुभयो । भने उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका चन्द्रबहादुर सिंहले २ हजार ५ सय ९६ मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा निर्वाचित नेकपा एमालेकै उम्मेद्वार कमला कार्की निर्वाचित हुनुभएको छ । उहाँले ३ हजार १ सय ३७ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका कृष्णा गिरीले २ हजार २ सय ७५ मत प्राप्त गर्नुभयो । निर्वाचन क्षेत्र नम्बर १ मा रहेको वेल्डाडी गाउँपालिका अन्र्तगत २०७० सालमा भएको संविधान सभा निर्वाचनमा नेपाली काँग्रेसका दिवानसिंह विष्ट निर्वाचित हुनुभएको छ । यसअघिको २०५४ सालमा भएको स्थानीय निर्वाचनमा समेत उक्त क्षेत्रमा एमालेले नै विजयी हासिल गरेको थियो । साविकको वेल्डाडी र रौतेलीविचवा गाविसलाई मिलाएर वेल्डाडी गाउँपालिका बनाईएको हो ।

Related Posts: