शुक्लाफाँटाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

भिडियो सहित हेर्नुहोस !
Advertisement



महेन्द्रनगर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेले जित हासिल गरेको छ ।सोमबार बिहान सकिएको मतगणना अनुसार कांग्रेसका दिलबहादुर ऐर ६ हजार ४ सय ३२ मत ल्याएर मेयरमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रणबहादुर महराले ५ हजार ४ सय २९ मत प्राप्त गर्नुभयो । माओवादी केन्द्रका लोकेन्द्र ऐरीले ३ हजार ९ सय ७९ मत ल्याउनुभएको थियो।

उपमेयरमा निर्वाचित एमालेकी तुलसी हमालले ५ हजार २ सय ९३ मत प्राप्त गर्नुभयो । कांग्रेसकी धर्मा विष्टले ५ हजार २ सय १० मत प्राप्त गर्नुभयो । उपमेयरमा एमालेकी हमालले कांग्रेसकी विष्ट भन्दा ८३ मत बढी ल्याएर निर्वाचित हुनुभएको हो ।

नेकपा माओवादी केन्द्रका उपमेयरका उम्मेद्वार कमला ऐरले ४ हजार १ सय ७२ मत प्राप्त गर्नुभयो । वडाहरुमा भने मिश्रित नतिजा आएको छ । केही वडामा तीनवटै पार्टीले प्यानल नै जितेका छन् भने केहीमा मिश्रित नतिजा आएको छ ।मा एमालेको प्यानल विजयी भएको छ। वडा अध्यक्षमा कमल गिरी, सदस्यमा बलराम पन्त, मोहन साउद, सरला बिस्ट र माया ओड निर्बाचित हुनुभएको हो । अनेरास्ववियुका नेता माधव पन्तले शुक्लाफाटामा धेरै मिहेनेत,रातदिनको खटाइ एकअर्काबिचको समझदारी र मतदाताको विश्वासका कारण सफल भएको बताउनुभयो । ‘तर हामीले के कति कारणले नेतृत्व गुमायौ भन्ने विषयमा समीक्षा गर्नु पर्दछ। उहाँले भन्नुभयो । १२ वडा मध्ये उपमेयर सहित ६ वडामा एमाले प्यानलै विजयी भएको हो ।

Related Posts: