स्थानीय तहको निर्वाचनबारे सीके राउतको यस्तो आयो दाबी

भिडियो सहित हेर्नुहोस !
Advertisement


नवलपरासी, १८ असार । विखण्डनको नारा बोक्दै आएका सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा जनताले आफूहरूलाई साथ दिएको दाबी गरिएको छ ।

नवलपरासी, रुपन्देही, बाँक, बर्दिया लगायतका जिल्लामा खसेको कुल मतमध्ये ४४ प्रतिशतभन्दा बढी मत पत्रको कोठा बाहिर मतदान भएको स्वतन्त्र मधेस गठबन्धनका सहसंयोजक कैलास महतोले दाबी गरेका छन् ।

उनले भने, ‘हाम्रो समर्थनमा ४४ प्रतिशत मत कोठाभन्दा बाहिर खसालिएको छ ।’ गठबन्धनले तराईका जिल्लाहरूमा स्थानीय तहको निर्वाचनमा कोठाभन्दा बाहिर मतदान गर्नुपर्ने अभियान चलाएको थियो ।

गठबन्धनले ४४ प्रतिशत मत कोठाभन्दा बाहिर खसेको दाबी गरे पनि निर्वाचन आयोगले सो कुरा ठाडै अस्विकार गरिदिएको छ ।
तराईलाई अलग देश बनाउनुपर्ने मागसहित बिखण्डनकारी अभियान चलाउँदै आएका सीके राउतलाई स्थानीय प्रशासनले कडा निगरानी गर्दै आएको छ ।

Related Posts: