काठमाडौं, १८ असार । नेकपा एमालेले नेपाली कांग्रेसभन्दा २० सिट धेरै जितेर अग्रता कायम राखेको छ ।
आइतबार बिहान पाँचसम्मको नतिजाअनुसार एमालेले ७१ स्थानमा जित हासिल गरेको हो । एमाले अझै ७० स्थानमा अग्रता कायम राखेको छ । नेपाली कांग्रेस ५१ स्थानमा जितेको छ । कांग्रेस ७३ स्थानमा अगाडि देखिएको छ ।
माओवादी केन्द्रले २० स्थानमा स्थानीय तह जितेको छ । माओवादी केन्द्र २३ स्थानमा अगाडि छ ।
फोरम लोकतान्त्रिकले ५ स्थानमा अग्रता लिएको छ । राप्रपा ४ स्थानमा अगाडि देखिएको छ । राजमो एक स्थानमा विजयी भएको छ भने ३ स्थानमा अग्रता कायम राखेको छ ।