ठुलो क्षेति हुन बाट बचाउने बहादुरी हवल्दारलाई वेलायतबाट ५१ हजार रुपैयाँ पुरस्कार(भिडियो सहित

भिडियो सहित हेर्नुहोस !
Advertisement

असार २९ । दोस्रो चरणको स्थानिय निर्वाचनका क्रममा मतदान केन्द्र प्रहार गरिएको बम (ग्रिनेट) टिपेर बाहिर फ्याँकी जनधनको सुरक्षा गर्ने प्रहरी हवल्दार दुर्गाबहादुर रानालाई वेलायतवासी नेपाली समूदायले सहयोग गर्ने भएका छन् ।वेलायतस्थित पूर्व प्रहरी परिवार मञ्च यूकेले रानाको बहादुरीको कदर गर्दै सहगोगस्वरुप ५१ हजार रुपैयाँ जम्मा गरेको मञ्चका अध्यक्ष बाचसपति रेग्मीले जनाए ।
मंगलवार गृहमन्त्री जनार्दन शर्माले १५ सय रुपैयाँ मात्र पुरस्कार दिएको भन्दै सामाजिक संजालहरुमा आलोचना भए पछि मञ्चले सो रकम दिने घोषणा गरेको हो । रेग्मीका अनुसार आगामी एक साता भित्र प्रहरी प्रदान कार्यालय मार्फत उक्त रकम रानालाई हस्तान्तरण गरिने छ ।
दाङको तुल्सीपुर उपमहानगरपालिकाको वडानम्बर ३ को अम्बाक मतदान केन्द्रमा खटिएका रानाले मतदान केन्द्रको माथि प्रहार गरिएको बमलाई हातले टिपेर मिल्काएका थिए । उनले फालेको केही सेकेण्डमा उक्त बम पट्किएको थियो । मतदान गर्न आएका जनतालाई ज्यानको मायामारी सहासिक काम गरेको भन्दै उनी सामाजिक सञ्जालमा चर्चामा छन् ।

Related Posts: