बलिउड नायिका बिदिशा बेजबरुआ मृतअवस्थामा भेटिएकी छिन्। बलिउड फिल्म ‘जग्गा जासुस’ की नायिका बेजबरुवाको शव गुडगाँउस्थित आफ्नो घरको पंखामा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुनै ‘सुसाईड नोट’ भने भेटिएको छैन । लामो समय मुम्बईमा बस्दै आएकी उनी पछिल्लो समय भने आफ्ना श्रीमानसंग गुडगाउँमा बसाई सरेकी थिईन । उनले एक बर्षअघि मात्र बिहे गरेकी थिईन् ।
प्रहरीले उनका श्रीमानलाई पक्राउ गरेको छ भने नायिका बेजबरुआको फोन, फेसबुक लगायत समाजिक सञ्जालको पनि अनुसन्धान गरिरहेको जनाएको छ । नायिकाका बुबाले छोरीलाई बारम्बार फोन गर्दा नउठेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
प्रहरी घरमा पुग्दा ढोकामा ताल्चा लगाइएको थियो । ढोका फोडेर घर भित्र प्रहरी छिर्दा बेजबरुआको शब पंखामा झुण्डिएको अवस्थामा फेला परेको जनाइएको छ । आसामी चर्चित नायिका एबम् गायिका बेजबरुआको मृत्युको खवर थाहा पाएपछि असमका मुख्य मन्त्री सर्बानन्द सोनोवालले हरियाणाका मुख्यमन्त्री मनोहरलाल खट्टरलाई टेलिफोन गरी घटनाको गम्भीरतापूर्वक छानविन गर्न आग्रह गरेका छन्
विधेयक प्रमाणीकरण : राष्ट्रपति भण्डारीराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११३ बमोजिम आज १० विधेयक प्रमाणीकरण गर्नुभएको छ ।व्यवस्थापिका–संसद्को बैठकबाट पारित राष्ट्रिय दल…Read More
विश्व क्रिकेट स्थगित भएको छ विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत आज हुने भनिएको नेपाल र हङकङबीचको दोस्रो खेल स्थगन भएको छ ।हङकङमा समुद्री आँधी आउने चेतावनी दिइएका कारण आजका ल…Read More