भक्तपुर र काभ्रेको सिमानामा १ सय ८ फिट अग्लो महादेवको मूर्ति

भिडियो सहित हेर्नुहोस !
Advertisement

भक्तपुर, १४ साउन । भक्तपुरको चाँगुनारायण नगरपालिका र काभ्रे पलान्चोकको बनेपा नगरपालिकाको दोभानमा रहेको कलमसी- नगरकोटमा २१ करोड लगानीमा १ सय ८ फिट अग्लो महादेवको मूर्ति स्थापना हुने भएको छ ।
कांग्रेस नेता प्रकाशमान सिंहको प्रमुख आथित्यमा शुक्रबार उक्त १ सय ८ फिट अग्लो महादेवको मूर्तिको शिलान्यास गरेका हुन । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता सिंहले जनप्रतिनिधिहरुलाई स्थानीयबासीको भावना अनुसार काम गर्न सुझाव दिए ।
मूर्ति शिलान्यासका कार्यक्रममा हेलिकोप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो । जमीनबाट ४० फिट गहिराई र जमिन सतहबाट १ सय ८ फिट अग्लो ध्यान मुद्रामा आसिन कल्पेश्वर महादेवको मूर्ति स्थापना गर्न लागिएको हो ।
कल्पेश्वर महादेव मूर्ति स्थापनाको लागि कलमसीको ८२ रोपनी खुल्ला चरणक्षेत्र कालिकाकल्पेश्वर महादेव मन्दिरको नाउँमा केही वर्षअघि भोगाधिकार आइसकेको छ । महादेवको मूर्ति स्थापना भएपछि पर्यटकहरुको आगमन बढ्ने र त्यसले दुबै जिल्लाको विकास निर्माणको कामलाई अघि बढाउन सहज हुने स्थानीयबासीहरुको धारणा छ ।-

Related Posts: