दार्चुला: झन्डै ५ वर्ष ढिलाई र दोब्बर खर्च बाट बनेको चमेलिया जलबिधुत आयोजना मंसिरदेखि बिजुली उत्पादन हुने भएको छ।दार्चुला र बैतडी जिल्लाको सिमाना बीचमा रहेको निर्माणाधिन चमेलिया लघु जलविद्युत ३० मेगावाट क्षमताको आयोजना अन्तीम चरणमा पुगेको छ
चमेलिया आयोजनाको विद्युत आगामी नोभेम्बरबार राष्ट्रिय प्रसारण लाइनमा उत्पादन हुने आयोजनाका प्रमुख अजय दाहालको भनाइ छ। आयोजनाका प्रमुख दाहालका अनुसार (ड्राइटेष्ट) को काम सकेर प्रसारण लाइनको काम भइ रहेको छ साडी चार किलोमिटर सुरुङको तिन टनेल मध्ये १ नम्बर र ३ नम्बर टनेल बन्द गरी सकेको र २ नम्बर टनेल बन्द गर्ने काम भइ रहेको छ। 'सबै टनेलहरु बन्द गरी सकेपछि पावर हावसमा जडान मेसिन टेष्ट गरिन्छ।' उनले भने अक्टोवरमा टेष्टिङ सकेर नोभेम्बरमा उत्पादन सुरु गर्ने गरी काम भई रहेको जानकारी दिए। परियोजनाको काम ६ वर्ष ढिला भए पनि स्थानीय वासिन्दा भने खुसी भएका छन् । ‘परियोजनाबाट विजुली उत्पादन सुरु हुन लागेकोमा हामी खुसि छौँ।' सोही गाउँका स्थानीय धर्म खडायतले भने, ‘लोड सेडिङको’ भुमरी खेपी रहेका दार्चुलाबासीलाई राहात पक्कै हुन्छ। उनले उत्पादन खर्चमा बढाएको लागत, निर्माण कार्यमा ढिलाई र आर्थिक अनियमितताले खुसी हुने ठाउँ कमै रहेको बताए। ठेकेदार र सरकारी पक्षबाट भएको लेतलातीका कारण आयोजनाको लागत सुरुमा अनुमान गरीए भन्दा दोब्बर पुगेको छ। सुरुमा ८ अर्ब अनुमान गरिएको आयोजनामा झन्डै १५ अर्ब ६० करोड रुपैयामा आयोजनाले निर्माण कार्य सम्पन्न गर्न लागेको हो। २००७ बाट सुरु गरिएको चमेलिया लघु जलविधुत आयोजनाको सुरुको अनुमानित लागत मूल्य ८ अर्ब ५० करोड रुपैयाँ थियो। यस आयोजनाका ठेकेदार कम्पनी चाइनाको गेजुवा ग्रुप 'सीजीजीसी' र विधुत प्राधिकरणबिच समझौता हुदा निर्माण कार्य २०११ मा सम्पन्न गर्ने लक्ष्य थियो। निर्माण कार्य ढिलाइले गर्दा लम्बीदै लागत कार्यमा बृद्धि हुदै गएको हो, ‘आयोजनाका प्रमुख दाहालले भने,’ ठेकेदार कम्पनी परामर्श दाताको लाप्रवाहि र सरकारको बेवास्ताले समयमै परियोजनाको निर्माण कार्य सम्पन्न हुन सकेन अब मंसिर महिनामा हुने अन्तिम चरणको कामले भने गति पाएला जस्तो छ। गति पाईएमा नोबेम्बर बाट बिजुली उत्पादन गरी १३२ केभी राष्ट्रिय प्रसारण लाईनमा जोडिने उनले जानकारी दिए। निमार्ण कार्य ढिलाईले स्थानिय प्रभावित निमार्ण कार्य ढिलाईले लामो समय सम्म स्थानियले दुषित तथा फोहोर मैला वाताबरणको असर खेप्नु परेको छ। स्थानिय मानबहादुर खडायतले निमार्णमा भएको ढिलाईले हाम्रो राज्यको व्यवहार मात्रै थपिएन शैल्यशिखर नगरपालीका बलाँचका स्थानियले समेत सास्ती झेल्नु परेको बताए। चमेलिया जलबिधुत निमार्णको कार्य जबदेखि सुरु भयो त्यहि मिति देखि हाल सम्म न त्यो पानिले सिचाई गर्न पायौं नत पिउन पायौ न घट्ट चलाउन पायौ यस्तो समस्याका बावजुत पनि हामीले आफनो दुःख कष्ट लुकाई काम गर्यो सोही गाउँका स्थानिय धर्म खडायतले गुनासो पोखे । बिजुली दार्चुलाबासीले बाल्न पाउने की नपाउने? चमेलिया लघुजलबिधुत निमार्णको कार्य अन्तिम चरणमा पुगे सगैँ दार्चुला बासिलाई उतिकै चिन्ता छ भने उतिकै खुसियालीले पनि छाएको छ। हाम्रो जिल्ला बाट उत्पादन गरिएको बिजुली हामिले नै बाल्न पाउने हैनौकी भन्ने चिन्ता भएको मालिकार्जुन गाउँपालिका ३ का सुरेश धामीले भने, 'उनले भने पहिलेत राष्ट्रिय प्रसारण लाईनमा जोडि सकेपछि धनगडिबाट फिर्ता आउँने भन्ने हल्ला सुनेका छौं। यद्धपि त्यो सत्य हो भने हामिले अन्धकारमै जिन्दगी बिताउनु पर्छ धामीले भने।' यहि प्रसंगलाई जोडदै दार्चुलाका अधिकाशं मानिसहरुले पहिले दार्चुला सदरमुकाम लगायत ग्रामीण बस्तीहरु झलमलपारे पछि अन्य जिल्लाहरुमा लगिनुपर्ने दार्चुला बासिहरुको जोडदार माग रहेको महाकाली नगरपालिकाका नगरप्रमुख हंशराज भट्टले जानकारी दिए। दार्चुलामा थप ५ आयोजना बन्ने चमेलिया आयोजना र त्यसको बिजुली राष्ट्रिय ग्रीडमा जोड्न प्रसारण लाईन बने पछि दार्चुलामा थप आयोजनापनि बन्न लागेका छन्। आयोजनाप्रमुख दाहालका अनुसार पछिल्लो समयमा चमेलिया र शाखा नदिबाट करीब ५ जलबिधुत कम्पनिले अध्यन गरी रहेका छन्। उनका अनुसार नौगाड मा अपी हाईड्रोपावरले बिजुली उत्पादन सुरु गरेको हो भने अन्य आयोजनाहरु पनि बन्न लागेका आयोजनाका प्रमुख अजय दाहालले जानकारी दिए।