यौन सम्बन्ध राख्‍न इन्कार गर्दा महिलाको बलात्कारपछि हत्या(भिडियो सहित)

भिडियो सहित हेर्नुहोस !
Advertisement




असोज २४ पर्सा |यौन सम्बन्ध राख्‍न गरिएको आग्रह नमानेपछि पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुरमा एक विवाहीता महिलाको बलात्कार पछि हत्या गरिएको घटना प्रकाशमा आएको छ। स्थानीय गेलुङ लामाको श्रीमती ५० बर्षिया सानी लक्ष्मी बम्जनको उनकै छिमेकी ३१ वर्षिय उमेश हजरा दुसादले गत बिहिबार जर्बजस्ती करणीपछि हत्या गरेका हुन्।
दुसादले बम्जनको बलात्कारपछि टाउकोमा कोदालो र घाटीमा खुर्पीले पटक पटक प्रहार गरी हत्या गरेको पर्साका प्रहरी उपरिक्षक डाक्टर गणेश रेग्मीले मंगलवार आयोजित पत्रकार सम्मेलनमा बताए। पक्राउ परेका दुसादले जर्बजस्ती करणीपछि हत्या गरेको स्वीकार गरिसकेको प्रहरी उपरीक्षक रेग्मीले पत्रकार सम्मेलनमा जानकारी दिए
गत असोज १९ गते बिहिबार दिउँसो १ बजे तिर भकारी लिप्नका लागि माटो लिन घरबाट निस्किएकी बम्जनको शव उनको घरबाट ६ सय मिटर पर रहेको स्थानीय जमुना ।

Related Posts: