म्याग्दी, २० अशोज । सेतो गन्जी, सेतो धोती लगाएपछि घाँटीमा रुद्राक्षको माला लगाए । एक माना चामल, एउटा कुखुराको अन्डा, ५ फरक–फरक रंगका साना कपडाका झोली र एक रुपैयाँको सिक्का पैसा चरेसको थालीमा राखेपछि ‘ॐ नम शिवाय: ॐ विष्णु, ॐ ब्रह्मा… दुर्गाकाली, सरस्वती… आकाशका सूर्य देउता, पातलका जलदेवता, पृथ्वीका अग्नि देवता….’ मन्त्र उच्चारण गर्दै ५९ वर्षीय कर्णबहादुर सार्की परम्परागत तान्त्रिक विधिद्वारा उपचार गर्न भन्दै झाँक्री बसे ।०७४ साउन ३ गते मंगलबार दिउँसो म्याग्दीको बेनी नगरपालिका–३ स्थित डाँडाखानी मण्डलीमा उनले कुखुराको भालेपोथी जोडीको पूजा गरे ।
साँझ सोही गाउँमा आफ्नै दाजुभाइको घर भए पनि कर्णबहादुर मितेरी नाताले भाउजूको घरमा बास बसे । भाउजू पनि सोही दिन मण्डली थान पुज्न गएकी थिइन् । राति बास बसेको ठाउँमा उनले आफू चलेको ‘नामी’ धामीझाँक्री भएको र ‘अन्डा’बाट सबै रोगको उपचार गर्न सक्ने बयान गरे । साँझ एक जना महिलाको ‘झारफुक’ गरे र अन्डाबाट ‘अङ्गार’ निकालेर देखाए ।
दूधमा दूध मिसाएर ग्राहक ठग्नेहरु [भि
भाद्र २८, २०७४-हरेकदिन ठिमी चोकबाट दधिकोट जाने पुल नजिक घर अगाडि एक बृद्ध बिहान पाँच बजेदेखि तीन क्रेट दुध राखेर बसिरहेका हुन्छन् । जब ६ बज्छ अनि सु…Read More