चढेपछि तपाइँलाई फोन अफ गर्न लगाइन्छ । विमानमा फोन लगायतका उपकरण प्रयोग गर्न पाइँदैन जस्को बाहिरी नेटवर्क सँग सम्बन्ध छ ।तर के विमानमा फोन अन भयो भने विमानमा अन्य विद्युतीय प्रणालीमा असर गर्छ ? होइन भने किन लगाइन्छ विमानमा ?एक यात्रु अनुभव सुनाउँछन् -‘म एक पटक बेलायतको हिथ्रो विमानस्थलबाट विमानमा चढेको बेला फोन अफ गर्ने आग्रह गरियो तर मैले उनीहरुलाई झुक्क्यार खल्तीमा आइफोन राखें अफ नगरी ।
मैले गलत गरेको कुरा अहिले खोल्दैछु । मलाई मेरो काम सम्बन्धि महत्वपूर्व सन्देश हेरिरहनु पर्ने भएकाले मैले फोन अफ गरिन तर उनीहरुले चाल पाएनन् । अनि मलाई के थाहा थियो भने एक फोनले उडिरहेको विमानलाई दुर्घटना गराउने वा जमिनमा पछारिने अवस्थामा पुर्याउन सक्दैन ।’ हालै गरिएको एक सर्वेक्षणले हरेक १० मध्ये ४ अमेरिकी हवाइ यात्रुले विमान यात्राको समयमा फोन अफ गर्दैनन् भन्ने तथ्य बाहिर ल्याएको छ । संसारभरी नै ३००० मिटर अर्थात १० हजार फिट भन्दा मुनी उड्ने विमानमा मोबाइल वा अन्य नेटवर्कमा आधारित उपकरण बन्द गर्नै पर्छ । यो बाध्यकारी नियममा पर्छ । नियम अनुसार कुनै पनि यात्रुले फ्लाइट मोडमा समेत फोन राख्न पाउँदैन ।
फ्लाइट मोडमा समेत फोनले पनि विमानको अन्य प्रणालीमा असर गर्ने बताइन्छ । यद्यपी उचाइमा विमान उडिरहँदा ल्यापटप वा म्यूजिक प्लेयर भने प्रयोग गर्न पाइन्छ । हामीलाई अहिले सम्म भनिएको कुरा के हो भने मोबाइल वा अन्य उपकरणमा आउने सिग्नलले विमानको इलेक्ट्रोनिक प्रणालीमा असर गर्छ र विमान खतरामा पर्छ ।
खासमा यो सिद्धान्त इन्टरनेटसँग जोडिएका विभिन्न ग्याजेट्स वा मोबाइल नेटवर्क रेडियो तरंगको प्रयोग गर्छ र विमान पनि जमिनबाट सूचना प्राप्त गर्नका लागि सयौं यस्तै इलेक्ट्रोनिक प्रणालीमा आधारित हुन्छ जसलाई एभिएनिक्स भनिन्छ । यसले ककपिटमा भएका ब्यक्तिहरुबीच सञ्चारको काम गर्छ ।
साझा बस सेवा बन्द गर्न आयो यस्तो चेतावनीकाभ्रेपलाञ्चोकको साँगाबाट पनि साझा यातायातको बस सञ्चालनमा आएपछि स्थानीय यातायात व्यवसायीले त्यसलाई बन्द गराउने चेतावनी दिएका छन् ।काभ्रे मिनीबस व्यवसा…Read More
रोबोकुट बोकेर अमेरिकामा अमेरिकामा भएको ग्लोबल कम्पिटिसनमा रोबर्र्ट निर्माणमा दक्षिण एसियामा दोस्रो र विश्वमा ३८औं स्थान ल्याउन सफल काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित शिखरपु…Read More
भक्तपुरमा भेटियो दुर्लभ सालक भक्तपुर : दुर्लभ तथा संरक्षित स्तनधारी जनावर सालक भक्तपुरमा फेला परेको छ । नेपालमा रहेका स्तनधारी जनावरमध्ये लोपोन्मुख जातिभित्र पर्ने सालक बुधबार रात…Read More