भिडियो सहित हेर्नुहोस !
Advertisement
अगाडीको हो , म कामको सिलसिलामा ईलाम गएको थिए । आफ्नो सबै काम सकेर म ईलामबाट बिराटनगर फर्कन बस स्टेण्ड पुगे र विर्तामोड सम्मको टिकट लिए । १० मिनेट जति पर्खे पछि बस पनि आईपुग्यो र सबैजना आ-आफ्नो सिटमा गएर बस्यौ । मेरो छेउको सिट खाली थियो । म आनन्दले बसे र मोबाईल निकालेर गीत सुन्न थाले । गाडी बिस्तारै आफ्नो बाटो लाग्न शुरु गर्यो । २० मिनेट जति गुडे पछि गाडी अचानक रोकियो , यस झ्यालबाट बाहिर हेर्दा थाहा भयो त्यँहा बाट चढ्ने प्यासेन्जर रहेछ । एक जना १६-१७ बर्षकी केटी गाडीमा चढिन र खाली सिट खोज्न यता उता हेर्न थालिन । मेरो छेउको सिट खाली देखेर त्यो केटी मेरो छेउमा आईन र सोधी ,”दाई , यहाँ बस्दा हुन्छ ?” “हुन्छ , बस न ” भन्दै म अलि छेउ तिर सरे । उनी सिटमा बसिन र आफू सँग भएको झोला सिट माथिको सामान राख्ने ठाउमा राखिन ।
गाडी आफ्नो सुरमा गुड्दै थियो , बाटो अलि घुमाउरो भएकोले उसको र मेरो पाखुरा कहिले काँही छुन पुग्थ्यो । म आफूलाई सम्हाल्थे र उ पनि आफूलाई सम्हाल्न खोज्थिन । कता कता मनमा अनौठो महसुस हुन्थ्यो जब उसको पाखुरा र मेरो पाखुरा जोडिन पुग्थ्यो । १० मिनेट जति चुपचाप नै बसी रहे । के बोल्ने ? के सोध्ने ? मनमा कुरा खेल्दै थियो , एक्कासी ,”दाई कहाँ सम्म जाने हो ?” उनले सोधी । “बिराटनगर सम्म , अनि तिमी चै कहाँ सम्म नि ?” मैले सोधे । “म दमक सम्म जाने ।” उनले भनी ।
अब मलाई कुरा गर्ने आँट आयो र सोधे ,”तिम्रो नाम के हो ? अनि ईलाममा के छ तिम्रो ?” “मेरो नाम एलिशा हो , ईलाम मेरो घर हो , अहिले क्याम्पस छुट्टी छ , अनि दिदी भेनाजुकोमा हिडेको , यसो घुमघाम गर्न ।” उनले सहजै जवाफ दिई । “ए ए, अनि कतिमा पढ्छौ तिमी ?” मैले सोधे । ” अहिले १२ मा पढ्दैछु । ” उनले भनी । यसरी नै धेरै कुराहरुको आदान प्रदान भयो हामी बिच । गाडी निरन्तर गुडीनै रहेको थियो , अब हामी बिच धेरै सहजता भई सकेको थियो । “तपाईको मोबाईलको गीत म पनि सुन्छु नि ” उनले भनी र मेरो ईयरफोनको एउटा तार उनलाई दिए र हामी दुबैले गीत सुन्न थाल्यौ । तार अलि छोटो भएकोले गाडी हल्लिन साथ तार कानबाट निस्कन्थ्यो , यो देखेर मैले भने ,” अलि वर आउन , तार छोटो छ ।” उ अलि वर आईन , अब हाम्रो पाखुरा र तिघ्राहरू एक आपसमा जोडिएको थियो । मनमा एक प्रकारको तरङ उठीरहेको थियो । उ गीत सुन्नमा मग्न थिई , म भने के के सोचीरहेको थिए ।
अचानक गाडी रोकियो , “चिया नास्ता खाउँ है सबैले ” खलासी कराउन थाल्यो । सबैजना गाडीबाट झर्न थाले र हामी पनि झर्यौ । “तिमी के खान्छौ ? ” मैले सोधे । “हेरौन जे छ त्यही खाउँला नि ” उनले भनी । होटल तिर गयौ र उनले वाई-वाई चाउचाउ अर्डर गरी , मैले चै चिया र चना चिउरा मगाए । खाजा खाईसके पछि पैसा तिर्न काउन्टर तिर लागे , उ पनि मेरो पछि पछि आई । “दाई , चाउचाउको चै म दिन्छु ल ” उनले भनी । “भई हाल्यो , म दिन्छु , अब त हामी साथी – साथी हौ नि त , पछि कुनै दिन तिमी तिर्नु नि ” मैले भने । १२० रुपैया दिएर हामी आफ्नो सिटतिर लाग्यौ । पुन: गाडी आफ्नै रफ्तारमा गुड्न थाल्यो ।