तिहारमा भैलो खेल्न किन पठाए बलिराजाले ? भैली खेल्दा बलिराजाले पठाएको किन भनिन्छ त ?

भिडियो सहित हेर्नुहोस !
Advertisement
अझ यतिसम्म भन्न भ्याएका छन् कि दानव कुलका शक्तिशाली बलिराजाले इन्द्रको स्वर्ग कब्जा गरे । कहाँ छ त्यो स्वर्ग भन्ने ठाउँ ? कसले देखेको छ स्वर्ग ?

यहाँ अर्को प्रश्न पनि उठाउने गरिन्छ, गाई काटेर खाने मगरले के गाईको पुजा गरे होलान् र ? पञ्चायतकालसम्म रुकुमको मैकोटमा बकाइदा गाईको बलि चढाइन्थ्यो, मगर पुजारीद्वारा ।

दिदीबहिनी दाजुभाइको मिलनको चाड तिहारको रमाइलो पक्ष भैलो र देउसीको नाचगान हो । भैलो तथा देउसी खेल्न युवा र केटाकेटी मात्रै होइन, प्रौढ र पाका उमेरका मान्छेहरु पनि निकै रौसिन्छन् । टोली नाइकेले लय हालेर नाटकीय शैलीले भट्टयाउने र सहभागीहरुले भैलो तथा देउसीरे घन्काउँदै सामूहिक रुपमा नाँच्ने चलन नेपालको मौलिक विशेषता हो । नाँच्ने क्रममा यस घरको मन ठूलो छ, दान पनि ठूलै हुन्छ, भैलोलाई मुठीखोलेर दान दिन्छन्, मिठामिठा परिकार दिन्छन्, छानामाथि घिरौला के के दिन्छन् हेरौला भन्दै खुब फुक्र्याइन्छ । त्यसै क्रममा हामी त्यसै आएका हैनौं, बलिराजाले पठाएको भन्ने गरिन्छ ।

साँच्चै को थिए बलि राजा ? कुन मुलुकका हुन् ? अनि के संकट पर्‍यो ? नेपालमा गणतन्त्र घोषणा हुँदा राजा ज्ञानेन्द्रलाई आपत परेको बेला सिंह दरबार छाडेर नागार्जुन बास माग्ने अवस्था जस्तै भएको थियो तिनलाई ? कुन जुगका थिए ती ? कि जहिले पनि तिनले पठाको भनेर पैसा मागिन्छ ? हरेक तिहारमा यस्ता प्रश्न सबैका मनमा उठ्नु स्वभाविक नै हो । यसको उत्तर पाउन त्यति सजिलो छैन ।

भैली खेल्दा किन बलिराजाले पठाएको भनिन्छ त ?
हे भन–भन भाई हो फाईलो (भईलो–भैलो)
हे हामी त्यसै आएनै फाईलो (भईलो–भैलो)
हे बलिराजा (बलिहाङ) ले पठाका फाईलो (भईलो–भैलो)

बलिहाङको (मगर भाषामा हाङको अर्थ राजा हुन्छ) सम्मानमा तिहारको देउसी, भैलो सुरु भएको हो । इशाको १४ औं शताब्दीतिर वर्तमान पाल्ला जिल्ला बल्ढेङगढी गाविस क्षेत्रमा बलिहाङ रानामगरले स–साना मगर राज्यहरुलाई एकीकरण गरि शक्तिशाली राज्यको स्थापना गरेका थिए (राजाराम सुवेदी, २०६३, ८–९) उनको राज्यको सिमाना मगरा“तदेखि भारतको गोरखपुरसम्म फैलिएको थियो । मगरातमा मगर अरमुडि राजा पछिका अर्को शक्तिशाली न्यायप्रेमी र लोकप्रिय राजाका रुपमा बलिराजाले शासन गरेका थिए ।

इतिहासविद् इमानसिंह चेम्जोङका अनुसार बलि राजाको पाल्पाको बल्ड्याङगढीदेखि भारतको गोरखपुरसम्म उनको राज्य फैलिएको थियो । तिहारमा देउसी भट्टाउँदा भनिन्छ, ‘त्यसै हामी आएका होइनौं, बलि राजाले पठाएको… ।’ ‘बलि राजा’ भनेकै राना मगरका वंश थिए । त्यसैले तिहार चाड मगरको हो भन्ने छ । यो चाड धेरैपछि मात्र हिन्दू दर्शनशास्त्रमा सम्मिलन हुन पुगेको हो ।

पश्चिमाञ्चल मगराँत क्षेत्रमा प्रचलित तिहार पर्वको मिथकमा संस्कृतिविद्, इतिहासकारहरुले लेखेका छन्, ‘बलिहाङ राना मगर (बलिराजा) न्यायप्रेमी, धर्मात्मा, भविष्यवेत्ता राजा थिए । रैतिहरुलाई यतिसम्म खुसी पारेका थिए कि उनको मृत्युसम्मको कुरासम्म सुन्न सक्दैनथे ।’ एकदिन बलिराजालाई मृत्युको दिव्य ज्ञान भएपछि जनताहरुलाई बोलाएर भनेछन्, ‘जसरी हामीहरु एकआपसमा मिलेर बसेका छौं, त्यसरी नै मिलेर बस्नु अब मेरो मृत्यु कातिक महिनाको औसीको रातमा हुँदैछ ।’
यो पनि पढ्नुहोस् - छोरा बैदेशिक रोजगारमा, बुहारी प्रहरीद्वारा होटेलमा रंगेहात पक्राउ !

यो खबर सुनेपछि सारा जनताहरु शोकमग्न भएर रुँदै कराउँदै कस्तो विपत आइलाग्यो भन्दै राजालाई बिन्ती गरे ‘तपाईलाई बचाउन के उपाय गर्न सकिन्छ ?’ त्यसपछि राजाले भने, ‘मलाई लिन काल आउँदा सबैको घरमा उज्यालो राखेर उनलाई अनुरोध गरी फकाउन सक्यौ भने म बाँच्न सक्छु ।’ त्यसपछि प्रजाहरु निकै खुसी भए । अनि राजाले भनेकै दिन यमराजले पठाएको काल, राजालाई लिन आउने बेला सबैले घरघरमा दियो बत्ति बालेर खान, पिउन छाडेर जागा बसेर फाइलो–फाइलो भट्याउँदै प्रार्थना गर्न थाले । काल आएर राजालाई लिन खोज्दा सबै रैतिले भट्याउँदै फाइलो–फाइलो भन्दै राजालाई नमार्न अनुरोध गरिरहेकोले राजाप्रति रैतिहरुको प्रगाढ सम्मान, त्यतिबेलाको कहालीलाग्दो वातावरणले गर्दा कालको पनि मन फिरेछ र राजालाई प्राणदान दिएर आफ्नो बाटो लागेछ ।

जनताले कालदेखि बचाउँदा भावविहल भई बलिराजाले ३ दिनसम्म खुसीयाली मनाउन आदेश दिएकाले त्यसदिन घरघरमा सबैले झिलीमिली बत्ति बालेर मिठो मसिनो खाए । आ–आफ्नै घरमा भएका दाजुभाइले दिदीबहिनीको हातबाट टिका लगाएर मासु, सेलरोटी, जाँडरक्सी पिएर रमाइलो गरे । उमंगको खुसीयाली साट्दै फाइलो–फाइलो भन्दै रातभरी खुसीयाली मनाए । मगर भाषामा फाइलोको अर्थ हामीले बचायौं भन्ने हुन्छ ।

बलिराजाको दीर्घायुको कामना गर्दै त्यही बेलादेखि देउसी भैलो खेल्न सुरु गरिएको हो । त्यतिबेला खुसीयालीमा निकै लामो नाँच सोरठी (ठूलो नाँच, नचरी) नाँचियो । त्यहीबेला सोरठी नाँच्नेहरुले बलिराजाको आख्यान जोडेर नाँच्न गाउन थालेको तिहार पर्व आजभोली फाइलो भन्न छाडेर भैलो भएको छ । त्यही फाइलो–फाइलो भन्ने शब्द अपभ्रश भएपछि कालान्तारमा भैलो हुन गएको विभिन्न अध्ययनले देखाएको छ । तर, नेपालको हिन्दूसापेक्ष एकजातीय शासन सत्ताले हरेक संस्कृतिलाई हिन्दूकरण गरे झै फाइलो–देउसी अर्थात् हालको भैलोलाई पनि हिन्दूकरण गरेको छ । यो पर्व हिन्दूकरण हुनुको मुल कारण इतिहासकार तथा अध्येताहरु पनि तागाधारी र हिन्दूहरु भएकोले आफूलाई सजिलो हुने गरी सार्वजनिक गर्ने र त्यही अनुसार व्याख्या गर्नाले हो ।

Related Posts: