नेपाली कांग्रेस आगामी प्रतिनिधिसभा चुनावमा झापामा एउटा सीट राप्रपालाई दिन सहमत भएको छ ।

भिडियो सहित हेर्नुहोस !
Advertisement




२३ असोज, काठमाडौं । नेपाली कांग्रेस आगामी प्रतिनिधिसभा चुनावमा झापामा एउटा सीट राप्रपालाई दिन सहमत भएको छ ।
राप्रपाले कांग्रेससँग १५ सीट मागेको थियो । तर, कांग्रेसले सात सीट लिन आग्रह गरेको छ । राप्रपा नेता बुद्धिमान तामाङ भन्छन्, ‘१० र ११ मा बहस भइरहेको छ ।’

तामाङका अनुसार झापा, मकवानपुर, दैलेख र बाँकेमा १-१ सीट राप्रपाले लिने सहमति भइसकेको छ ।
राप्रपा नेताहरुका अनुसार झापा ३ राप्रपाले लिनेछ । त्यहाँ राजेन्द्र लिङदेन उम्मेदवार बन्ने तयारीमा छन् ।
यो निर्वाचन क्षेत्रमा बाह्रदशी, हल्दीबारी र कचनकवल गाउँपालिकाका साथै भद्रपुर नगरपालिकाको १ देखि ८ र बिर्तामोड नगरपालिकाको वडा नम्बर १० रेको छ । हल्दीबारी र कचनकवलमा राप्रपाले स्थानीय चुनाव जितेको छ भने बाह्रदशीमा कांग्रेस तथा विर्तामोड र भद्रपुरमा एमालेले जितेको छ ।
यदि राप्रपासँग तालमेल नगर्ने हो भने कांग्रेस नेता कृष्णप्राद सिटौलालाई चुनाव जित्न गाह्रो छ ।
\
यो क्षेत्र राप्रपालाई लिएर सिटौला समानुपातिकमा बस्न सक्ने कांग्रेस एक नेताले बताए । ‘यो सिटौलाका लागि पनि सहज अवतरण हुनेछ’ एक नेताले अनलाइनखबरसँग भने ।

Related Posts: