गर्मी र बर्खाका बेलामा साङ्लाको संख्या ह्वात्तै बढ्छ । अनि त कहिलेकाहीँ पकाइराखेको तरकारी वा मुछिराखेको पीठोसहित साङ्ला फाल्नुपर्ने आवश्यकता आइलाग्छ ।
बजारमा पाइने स्प्रेले साङ्लालाई मार्छ तर त्यसमा भएको रसायनले स्वास्थ्यलाई हानि पनि पु–याउँछ । यहाँ हामी केही घरेलु उपाय बताउँछौं जसको प्रयोग गर्दा साङ्ला पनि भाग्छन् र स्वास्थ्य पनि खराब हुँदैन ।
तेजपात खानाको स्वाद बढाउन प्रयोग हुने तेजपातको गन्ध साङ्लालाई पटक्कै मन पर्दैन । त्यसैले साङ्ला जम्मा हुने ठाउँमा तेजपात पिँधेर राखिदिनुस् । यसो गर्दा साङ्लाहरू भाग्छन् । तेजपातको गन्ध हराएपछि नयाँ तेजपात राख्नुस् ।
बेकिङ पाउडर र चिनी एउटा कचौरामा बराबर मात्रामा बेकिङ पाउडर र चिनी मिसाउनुस् । अब त्यसमा पानी हाल्नुस् । त्यसपछि यो मिश्रणलाई साङ्ला भएका ठाउँमा छर्किनुस् । चिनीको मिठासले उनीहरूलाई लोभ्याउँछ अनि बेकिङ पाउडरले मारिदिन्छ ।
ल्वाङ ल्वाङको गन्ध पनि साङ्लालाई मन पर्दैन । साङ्ला आउने ठाउँमा ल्वाङका कल्लीहरू राख्नुस् ।
यसबाहेक मट्टीतेल, नीम, पुदीना र कफीले पनि साङ्लालाई भगाइदिन्छन् ।
गोरो हुन मन छ भने खानुहोस् यी १० खानेकुरातर लामो समयसम्म यस्ता सामानहरु प्रयोग गर्दा हाम्रो स्किन ड्यामेज हुन सक्छ । यसका साथै यसले छालामा क्यान्सर हुने सम्भावना पनि बढ्छ ।त्यस कारण गोरो र सु…Read More