करण जोहरले अब निर्माण गर्ने चलचित्रमा आलिया भट्ट र रणवीर कपुरलाई लिएर ‘ब्रह्मास्त्र’ लिएर आउँदैछन् । पहिले उक्त प्रोजेक्टको नाम ड्रयागन थियो । अहिले भने यो चलचित्रको अनुमानित बजेट सार्वजनिक गरिएको छ ।
करण जोहरले यो मेगा प्रोजेक्टलाई करिब सय करोडमा निर्माण हुनेछ । हालै करणले ट्वीट गरेर बताएका छन्, ‘ब्रह्मास्त्र फेन्टासी, एडभेन्चर र प्रेमको ट्रिलोजी हो ।’
यस फिल्ममा अमिताभ बच्चन पनि देखिँदैछन् । अमिताभ, अलिया र रणवीरले एकसाथ काम गर्न लागेको फिल्म पनि यही हो । सुपरहिरो फिल्ममा लाग्ने यति बजेटलाई भने उनले सामान्य नै भनेका छन् । उक्त फिल्मलाई करण जोहरले बनाएका फिल्ममध्ये सबैभन्दा धेरै लगानीको फिल्म पनि भनिएको छ ।
उक्त फिल्मलाई आर्यन मुखर्जीले निर्देशन गर्नेछन् । फिल्म २०१९ को अगस्त १५ मा प्रदर्शन हुनेछ ।