साउदी दम्पतीको यो तस्बिरमा यति हंगामा किन ?

भिडियो सहित हेर्नुहोस !
Advertisement




साउदी अरबका शाह सलमानले महिलालाई गाडी चलाउने अनुमती दिने आदेश जारी गरेपछि साउदीमा सोसल मिडियामा आएको एक तस्बिरको विषयमा बहस भइरहेको छ ।

यो तस्बिरमा एक व्यक्ति आफ्नी श्रीमतीलाई गाडी चलाउन सिकाइरहेको देखिएका छन् ।

एक ग्याँस र तेल कम्पनीमा काम गर्ने फैसल बादुग्यासले आफ्नी श्रीमतीसँगको उक्त तस्बिर ट्वीट गरेका थिए ।

उनले लेखेका थिए, ‘मैले आफ्नी श्रीमतीलाई एक प्राइभेट पार्किङ स्थलमा सुरक्षित र कानूनी तरिकाले गाडी चलाउन सिकाएँ । हामी कानून प्रभावकारी गराउनका लागि तयारी गरिरहेका छौं ।’

तर यो तस्बिरमा आएको प्रतिक्रियाले बताउँछ कि साउदी अरबमा महिलाले गाडी चलाउने मुद्दा कति विवादित छ ।

केही मानिसहरुले त फैसल बादुग्यासले आफ्नी श्रीमतीको अनुहार देखाएकोमा पनि असहमती व्यक्त गरेका छन् ।

एक प्रयोगकर्ताले टिप्पणी गरे, ‘यो तस्बिर साझा गर्दा तपाईंलाई लाज लागेन वा तपाईं उनीप्रति रक्षात्मक हुनुपर्ने कुरा महसुस भएन ?’

ठाउँ–ठाउँमा बहसः

तर धेरैजसो महिलाले उनको परिवारका पुरुषले पनि उनलाई गाडी चलाउन सिकाउने छन् भनी आशा व्यक्त गरेका छन् ।

अमाल नाजरिन नामकी महिलाले ट्वीट गरिन्, ‘भोली मेरो छोरा आजमले मलाई गाडी चलाउन सिकाउनेछ ।’

थुप्रै पुरुषले यो पनि लेखेका छन् कि उनीहरु पनि आफ्नी श्रीमतीलाई गाडी चलाउन सिकाउनेछन् ।

केही महिलाका अनुसार शाहको निर्णयपछि उनीहरुको परिवारभित्र यस मुद्दाको विषयमा बहस भएको छ ।

जुलनार नामकी एक ट्वीटर प्रयोगकर्ताले लेखिन्, ‘ मेरा श्रीमान् यसको लागि राजी नभएपनि म चाहन्छु कि मेरो छोराले मलाई गाडी चलाउन सिकाओस् ।’

बीबीसीसँग कुराकानी गर्दै फैसल बादुग्यासले उनी र उनकी श्रीमती यो कानून परिवर्तन होस् भनेर प्रतिक्षा गरिरहेका थिए ।

उनका अनुसार उनलाई पठाइएका सन्देश यति धम्काउने किसिमको थियो कि उनीहरुले यसबारे साउदीको साइबर पुलिसलाई जानकारी दिनुपर्यो ।

Related Posts: