मलेसियामा निधन भएका नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष शेर्पाको शव नेपाल पठाईदै

भिडियो सहित हेर्नुहोस !
Advertisement


मलेसियामा निधन हुनु भएका नेपाल आदिवासी जनजाती महासंघ मलेसियाका बर्तमान अध्यक्ष, शेर्पा किदुग मलेसियाका पुर्व महा-सचिब,समाजसेवि तथा अनलाइन सञ्चारकर्मि मिङ्ममा शेर्पाको शव नेपाल पठाउनको लागि सम्पुर्ण प्रक्रिया पूरा भएको छ ।

मृतकको पार्थिव शरीरलाई ९ अक्टोबर सोमबारको दिन स्थानीय समय अनुसार बेलुकाको ०८:०० बजे मलेसियन एयरलाइन्स मार्फत नेपाल पठाईदैछ।उहाँको मृत्यु एक हप्ता अगाडि नै भएपनि दशै पर्वका कारण मलेसियाको क्वालालम्पुरमा अवस्थित नेपाली राजदुतावास बन्द भएकाले शव पठाउन ढिलाइ भएको हो।

गत महिनाको २९ सेप्टेम्बरमा हृदयघातका कारण अध्यक्ष शेर्पाको निधन भएको थियो। पोस्टमार्टममा संलग्न चिकित्सकका भनाइ अनुसार कोरनरि आर्टरिमा रगत सञ्चालन नभएका कारण शेर्पाको मृत्युको कारण बन्यो।जिल्ला ताप्लेजुङ,थुकिमा घर भई वैदेशिक रोजगारीको सिलसिलामा मृतक शेर्पा तीन वर्ष अगाडि मलेसिया आउनु भएको थियो।

Related Posts: