शनिबारदेखि ६०१ सांसदको जागिर जाँदै, आज संसद्को अन्तिम बैठक, अब सबै निर्णय सहमतिमै

भिडियो सहित हेर्नुहोस !
Advertisement


२७ असोज । निर्वाचन आयोगले प्रतिनिधिसभाका लागि समानुपातिकतर्फको बन्दसूचीको समय असोज २९ गतेलाई तोकेपछि संसद्को अन्तिम बैठक आज बस्दै छ ।

प्रतिनिधिसभा सदस्य मनोनयनको अघिल्लो दिनसम्म संसद्को आयु रहने भए पनि भोलि शनिबार परेकाले आजै अन्तिम बैठक बस्ने दलहरूबीच सहमति जुटेको हो । शुक्रबार अपरान्ह १ बजे बस्ने संसद् बैठकमा राष्ट्रिय चिकित्सा विधेयक प्रस्तुत हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।दलहरूबीच सहमति जुटे आजै राष्ट्रियसभा निर्वाचन विधेयक पेस हुनेछ । सहमति नजुटे अब राष्ट्रियसभा निर्वाचन विधेयक अध्यादेशबाट ल्याइनेछ । राष्ट्रियसभाको गठन एकल संक्रमतीय प्रणालीका आधारमा हुुनुपर्ने कांग्रेसका अडान छ । तर, वाम तालमेल गरेका एमाले र माओवादी केन्द्र भने बहुमतीय संक्रमतीय प्रणालीका आधारमा निर्वाचन हुनुपर्ने पक्षमा छन् ।

शनिबारदेखि संसद्को आयु सकिएपछि ६०१ सांसदको जागिर जानेछ । अब मन्त्रिपरिषदमा रहेका विभिन्न दलका सांसदको पद मात्रै सुरक्षित रहने छ । यसबीचमा माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल गर्दै पार्टी एकता गर्ने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा सरकार पुनर्गठनको तयारीमा लागेका छन् । उनी कात्तिक ४ गतेसम्म संसद्को आयु नसकिञ्जेलसम्म मौन बस्ने र त्यसपछि कठोर निर्णय गर्ने मनस्थितिमा थिए ।

तर, निर्वाचन आयोगले समानुपातिक उम्मेदवारकै बन्दसूचीलाई आधार मानेपछि शनिबार नै संसद्को आयु सकिन लागेको हो । अब सरकारले गर्ने हरेक निर्णय अध्यादेशको भरमा चल्ने छ । नत्र दलीय सहमतिका आधारमा निर्णय गर्ने अवस्था सिर्जना भएको छ ।

एमालेले समानुपातिकको बन्दसूची बुझाउने मिति सार्न प्रधानमन्त्री देउवालाई आग्रह गरेको छ । तर, देउवा मंसिर १० गतेको निर्वाचन मिति एकै चरण २१ गते गर्न राजी भएमा त्यसमा पुनर्विचार गर्ने मनस्थितिमा छन् । कांग्रेसले समानुपातिक उम्मेदवारको करिब करिब सूची तयार पारिसकेको छ । तर, वाम गठबन्धनमा आबद्ध एमाले र माओवादी केन्द्रले समानुपातिक उम्मेदवारको सूची बनाउनै सकेका छैनन् ।

Related Posts: