बिगत केहि समय अगाडी देखि लगातार क्षेप्यास्त्र परिक्षण गरेर अमेरिका,जापन,दक्षिण कोरिया, र चीनलाई त्रसित बनाउदै आएको छ | त्यसैले उत्तर कोरियाप्रति चीन निकै आक्रोशित देखिएको छ । चीन रक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार चीनले उत्तर कोरियासँग युद्ध गर्न सक्ने खुलासा गरेका छन्।
बेइजिङस्थित रेनमिन विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध विषयका प्राध्यापक डाक्टर चोङ शो हूले उत्तर कोरियाली शासक किम जोन उनले मृत्यु चाहेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
उत्तर कोरियासँगको लामो ऐतिहासिक सम्बन्ध आगामी दिनमा उत्तर कोरियाली गतिविधिका कारण नै लामो समयसम्म नटिक्ने बताउँदै चिनियाँ राष्ट्रपति सि जिङ पिङले किमको गतिविधिले आफू वाक्क दिक्क भइसकेको अभिव्यक्ति दिएका छन्।