मेस्सी भर्सेस रोनाल्डोः एक खेल, जुन अझै सकिएको छैन

भिडियो सहित हेर्नुहोस !
Advertisement


दुई फुटबलर मध्ये को उत्कृष्ट भन्ने बहस सायद कहिल्यै सकिने छैन । दुवै अहिलेसम्मकै उच्चस्तरका खेलाडी हुन् भन्नेमा धेरैको एक मत छ तर, उनीहरुमध्ये को उत्कृष्ट भन्ने प्रश्न आयो कि विवाद सुरु भइहाल्छ ।



क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी दुबैले यस सिजनको च्याम्पियन्स लिगमा पनि पुष्टि गरिसकेका छन् कि उनीहरु फेरि पनि अन्य फुटबलरभन्दा अगाडि छन् ।

मेस्सीले युभेन्टसबिरुद्ध २ गोल गरे । त्यसको भोलिपल्ट रोनाल्डोले पनि एटाडियो सान्टियागो बर्नबाउमा दुई गोल गरेर त्यसको जवाफ दिए ।

के पोर्चुगिजको तुलनामा अर्जेन्टिनी खेलाडी उत्कृष्ट हुन् ? या त्यसको उल्टो ?

तर, वास्तविकता के हो भने दुवै खेलाडी मैदानमा आफ्नो गोलमेसिनको रुपमा बीसको उन्नाइस पनि छैनन् ।

च्याम्पियन्स लिगमा मेस्सीको ९६ गोल छ भने रोनाल्डोको गोल संख्या १०७ भएको छ । बुधबारको खेलसम्मको आाकडा यहाा समाबेश गरिएको छ ।

क्रिष्टियानोले युरोपको सबैभन्दा ठूलो यस प्रतियोगितामा १४१ खेल खेलेका छन् । जहाा हरेक ११४ मिनेटमा एक गोल निस्किएको छ ।

मेस्सीको आाकडा पनि कुनै हालतमा पछि छैन । उनले रोनाल्डोले भन्दा केहि खेल कम खेलेका छन् र हरेक गोल १०० मिनेटको अन्तरमा आएको छ ।

च्याम्पियन्स लिगमा अहिलेसम्मकै सर्वोच्च गोल स्कोरर रोनाल्डोको कीर्तिमान यतिमा मात्र सीमित छैन । अन्य थुप्रै कीर्तिमान उनको नाममा छ ।

ला लिगामा पनि उनीहरुको अन्तर खासै फरक छैन । मेस्सीले ला लिगामा ३८५ म्याच खेलेका छन् र ३५४ गोल गरेका छन् । हरेक ८७ मिनेटमा उनले गोल गरेका छन् ।

ला लिगामा रोनाल्डोले २६५ खेल खेलेका छन् र २८५ गोल गरेका छन् । उनले हरेक ८० मिनेटमा एक गोल गरेका छन् ।

असिस्टका लागि भने मेस्सीको नजिक कोहि पनि छैनन् । बार्सिलोनाका १० नम्बर जर्सीधारी अर्जेन्टाइन स्ट्राइकरले १६० गोलमा असिष्ट गरेका छन् भने रोनाल्डोले ९० गोलमा ।

अन्तर्राष्ट्रिय स्तरमा पोर्चुगलका कप्तानले १४५ खेलमा ७८ गोल गरेका छन् । जवकि, अर्जेन्टिनाका कप्तानले ११८ पटक मुलुकको प्रतिनिधित्व गरेका छन् र ५८ गोल गरेका छन् ।