लण्डनस्थित ब्रिटिश म्युजियममा बुद्धको जन्मस्थलबारे गलत जानकारी राखिएको भन्दै लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियानले सच्याउन माग गरेको छ ।

भिडियो सहित हेर्नुहोस !
Advertisement


लण्डनस्थित ब्रिटिश म्युजियममा बुद्धको जन्मस्थलबारे गलत जानकारी राखिएको भन्दै लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियानले सच्याउन माग गरेको छ । अभियानले चर्को दबाब पछि सन् २०११ मा म्युजिमयले भ्रमपूर्ण सामग्रीमा केही सुधार गरे पनि त्रुटि अझै यथावत रहेको भन्दै बेलायतका लागि नेपाली राजदूतसमक्ष पहल गरिदिने आग्रह गरेको हो ।

लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियानका संयोजक रामकुमार श्रेष्ठ नेतृत्वको एक टोलीले बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीमार्फत बेलायती प्रधानमन्त्री थेरेसा मेइ र ब्रिटिश म्युजियमका निर्देशक हार्टविग फिस्चरका नाममा लेखिएका ९ पेज लामो अनुसन्धानात्मक प्रतिवेदनन बुझाउँदै पहल गरिदिन आग्रह गरेको छ ।



प्रतिवेदन बुझ्दै राजदूत सुवेदीले वुद्धको जन्मस्थलबारे देखिएको भ्रम हटाउन आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
अभियानले लामो समयदेखि बुद्धको जन्मस्थलबारे देखिएका भ्रम हटाउन पहल गर्दै आइरहेको छ ।

Related Posts: