५१ प्रतिशत जनसंख्या रहेको तराई मधेशमा क्षेत्र निर्धारण गर्दा राजनीतिक पूर्वाग्रहका आधारमा ४७ प्रतिशतमा सीमित गरी मधेशमा गैरमधेशी समुदायको वर्चस्व कायम गर्नेगरी पुर्नसंरचना गरिएको आरोप सो पार्टीको छ ।

भिडियो सहित हेर्नुहोस !
Advertisement


संघीय समाजवादी फोरम नेपालले निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको क्षेत्र निर्धारणसहितको सरकारलाई बुझाएको प्रतिवेदनप्रति आपत्ति जनाएको छ । पार्टी संयोजक उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा स्वतन्त्र, निष्पक्ष र विभेदरहित ढंगले क्षेत्र निर्धारण गर्नुपर्नेमा पूर्वाग्रहका आधारमा क्षेत्र निर्धारण गरिएको हुनाले सो प्रतिवेदन तत्काल सच्याउन माग गरिएको छ । ५१ प्रतिशत जनसंख्या रहेको तराई मधेशमा क्षेत्र निर्धारण गर्दा राजनीतिक पूर्वाग्रहका आधारमा ४७ प्रतिशतमा सीमित गरी मधेशमा गैरमधेशी समुदायको वर्चस्व कायम गर्नेगरी पुर्नसंरचना गरिएको आरोप सो पार्टीको छ ।

विज्ञप्तिमा संविधानको मर्मबमोजिम जनसंख्या र भूगोलको सन्तुलन नमिलाएको, सामाजिक संरचनालाई तहसनहस पारेको, मधेशमा मधेशी बाहुल्य क्षेत्रहरुलाई टुक्राटुक्रा गरी गैरमधेशी बहुल क्षेत्रमा गाभ्ने काम गरी मधेशमैं मधेशी समुदायको प्रतिनिधित्वलाई न्यून पार्ने प्रयास गरेको र मधेशी समुदायप्रति पूर्णरुपले विभेद गरेकोले आयोगको प्रतिवेदन अत्यन्तै विभेदकारी, आपत्तिजनक र त्रुटिपूर्ण रहेको उल्लेख छ ।

Related Posts: