मेष आकर्षक क्षेत्रमा रोजगारी प्राप्त हुनेछ । परिवारका सदस्यहरू हर्षले गद्गद हुनेछन् । अभिभावकको सहयोगमा नयाँ कामको थालनीसमेत हुनसक्छ । मेहनतले नै तपाईंलाई शिखरमा पुर्याउनेछ । साताको अन्त्यमा सपरिवार घुमघामको आनन्द उठाउन पाइनेछ । स्वास्थ्यमा भने विशेष ध्यान दिनुहोला ।
वृष मन पर्ने व्यक्तिसँगको भेटघाटले कार्यक्षेत्रमा उत्साह जगाउनेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । हेलचेक्र्याइँपूर्वक गरिएको कामले उल्टो परिणाम दिन सक्छ, सचेत रहनुहोला । विश्वासपात्रले प्राय: काममा साथ दिनेछन् । बुधबारपछि अचानक पूर्वको यात्रा हुन सक्छ । मिथुन आफूले नचाहँदा–नचाहँदै खर्च वृद्धि हुनेछ । विदेश यात्राले आकस्मिक लाभ दिलाउनेछ । टाढिएका मित्रहरूले विश्वास गर्ने वातावरण बन्दैछ । सहजै प्रतिस्पर्धीहरूलाई उछिनी महत्वपूर्ण जिम्मेवारी हात पार्न सकिनेछ । राति अबेरसम्म यात्रा गर्दा समयको हेक्का राख्नुहोला । कर्कट तपाईंको मेहनत एवं लगनशीलताले समाजमा प्रतिष्ठा दिलाउनेछ । गरिब तथा असहायहरूलाई गरिएको सहयोगले प्रशंसा पाउला । खानपानको निम्तोमा सहभागी हँुदा कसैले मन पराएको भावना व्यक्त गर्न सक्छन् । परिस्थिति विचार गरी निर्णय लिनुहोला । व्यवसाय सञ्चालन गर्न अभिभावकहरूको साथ पाइनेछ । सिंह विदेशी मित्रले फरक ढंगको व्यवसाय गर्न प्रस्ताव गर्नेछन्, हतारमा निर्णय नगर्नुहोला । अध्ययनको क्षेत्रमा उत्साह एवं हौसला वृद्धि हुनेछ । धेरैले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । आर्थिक पक्ष सबल हुँदैछ । धेरै कुरा क्रमिक रूपमा पूरा हुँदै जानेछन् । लेनदेनमा किचलोको सामना गर्नुपर्ला । कन्या वैदेशिक यात्रा हुनसक्छ । प्रेमिकाको साथ प्राप्त हुनेछ । टाढा भएका आफन्तजनसँग भेटघाट गर्दै मनोरञ्जन गर्न पाइनेछ । सापटी रकम समयमा फिर्ता नहुँदा आफ्नो व्यवहारमा ठेस लाग्न सक्छ । मझौला लगानीबाट लाभ लिन धेरै समय कुर्नुपर्ने छैन । सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला तुला बोलीको प्रभाव बढ्नेछ । नातेदारहरू काम बिगार्न पछि लागेको अवस्था छ, सचेत रहनुहोला । पारिवारिक खिचातानीले सम्पन्न भैसकेको काम पनि ओझेलमा पर्न सक्छ । पैतृक सम्पत्ति उपयोग गरे थप फाइदा उठाउन सकिनेछ । पश्चिमतर्फको यात्राले विशेष फाइदा दिलाउनेछ । वृश्चिक भ्रमणमा अपेक्षाभन्दा बढी खर्च गर्नुपर्ने बाध्यता आइलाग्न सक्छ । स्वास्थ्यको ख्याल नगरी खानपानमा रमाउँदा पेटसम्बन्धी समस्याले पिरोल्ने सम्भावना छ । रातो रंग प्रयोग गर्दा मेहनत खेर जानेछैन । काममा सफलता हात पार्न केही समय लाग्न सक्छ । धनु बल मिच्याइँपूर्वक गरिएका कार्य बिग्रने सम्भावना छ । मेहनतले कार्य सम्पन्न गर्न सहज बनाउनेछ । प्रेमी–प्रेमिकाबीचको तीतोपन थप वृद्धि हुने सम्भावना छ । कम बोल्दा आफूलाई फाइदाहुनेछ । विदेश जाने प्रक्रिया अघि बढाउँदा बढी खर्च भए पनि सफलता हात लाग्नेछ । मकर आकर्षक पहिरनले कार्य सफल बनाउन सहज तुल्याउनेछ । प्रेम प्रस्ताव राख्नेलाई ढिलो निर्णय दिँदा सुरक्षित भइनेछ । आफ्नै बलबुताले प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ । विचार नगरी बोल्दा विवाद आइलाग्न सक्छ, संयम अपनाउनुहोला । सरकारी तथा निजी क्षेत्रमा रोजगारी प्राप्त हुनसक्छ । कुम्भ साझेदारी व्यवसायले उचाइ लिनेछ । शुभचिन्तकको साथले बिग्रिसकेको काम सकारात्मक दिशातर्फ अघि बढ्नेछ । धन आर्जन गर्न केही समय कुर्नुपर्नेछ । अचानक स्वास्थ्यमा समस्या देखा परी धन खर्च गर्नुपर्ने बाध्यता आइलाग्न सक्छ । चुनौतीका बाबजुद पनि अध्ययनमा सफलता प्राप्त हुनेछ । मीन विपक्षीहरू मर्यादामा चोट पुर्याउन सक्रिय छन् । विचार नगरी अरूलाई वचन दिँदा अप्ठ्यारोमा परिएला । आर्थिक कारोबारमा संलग्न हुनु फाइदाजनक देखिँदैन । पारिवारिक जमघटमा स्वादिष्ट खानपानको आनन्द उठाउन पाइनेछ । विदेशी साथीको सुझाव अवलम्बन गर्न सके रोजगारीको अवसर जुट्न सक्छ