#BREAKING भरतपुर महानगरमा मतपत्र च्यातिएको मुद्दामा सबैलाई चकित पार्ने गरी सर्वोच्चले सुनायो यस्तो निर्णय , पढ्नुहोस पुरा समाचार

भिडियो सहित हेर्नुहोस !
Advertisement


, २ साउन । पहिलो चरणमा चुनाव भएको चितवनको भरतपुर महानगरमा मतपत्र च्यातिएको मुद्दाको सुनुवाइ फेरि सरेको छ । पटक पटक सर्दै आएको मुद्दाको सोमबार न्यायाधीशद्व ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सुनुवाइ सुरु भएको थियो । आजको सुनुवाइमा रिट निवेदकका पक्षबाट अधिवक्ता टिकाराम भट्टराईले बहस गरेका थिए । समय अपुगका कारण सो मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।न्यायाधीश भण्डारी भोलि अमेरिका गएर शनिबार मात्र फर्कने भएकाले अर्को सुनवाइ साउन ८ गते हुने सर्वोच्चले जनाएको छ । भरतपुरमा मतगणना हुँदाहुँदै माओवादी प्रतिनिधीहरुले मतपत्र च्यातेपछी विवाद सुरु भएको थियो । विवादपछि मतगणना स्थगित भएको थियो ।
निर्वाचन आयोगले १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो । आयोगको त्यही निर्णयविरुद्ध पुनः मतदान होइन पुन मतगणनाको माग गर्दै भरतपुर–१९ का वडा सदस्य उम्मेदवार गुञ्जमान बिक र त्यही वडाका मतदाता अधिवक्ता तुलसीराम पाण्डेले रिट दायर गरेका थिए ।

भरतपुरमा सुरूदेखि नै निर्वाचन आयोग सत्ताको प्रभावमा परी पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई मेयरमा निर्वाचित गराउन लागिपरेको रिटमा उल्लेख छ । यसले भविष्यमा निर्वाचन आयोगको स्वतन्त्रता कमजोर हुने र सत्ताको दबाबमा पर्ने भएकाले विपक्षी दलका उम्मेदवारको सुरक्षा नहुने रिटमा दाबी गरिएको छ ।

गत जेठ १४ गते राति भरतपुर– १९ को मतगणना हुँदाहुँदै माओवादी प्रतिनिधिले केही मतपत्र च्यातेका थिए । त्यसपछि त्यहाँ पुनः मतदान गर्ने कि मतगणना अघि बढाउने भन्ने विवाद भएको थियो । निर्वाचन आयोगको बैठकले पुनःमतदान गर्ने निर्णय गरेको थियो । मतपत्र च्यातिएपछि मुख्य निर्वाचन अधिकृत कविराज न्यौपानेले आयोगलाई प्रतिवेदन पठाउँदै ‘मतगणनास्थल रणभूमितुल्य बनाइएको’ भनेका थिए । उनले मतपत्र च्यात्ने लगायत सबै पक्षलाई नियन्त्रणमा लिई गणनास्थल सिल गराएको पनि उल्लेख गरेका थिए ।










Related Posts: